पत्रपत्रिकाः ललितपुरमा मात्रै ६६ अबैध क्रसर, सरकारको खर्च झन कमजोर, सैनिक महाविद्यालयको रासनमा अनियमितता

पुस २, काठमाडौं । आज माघ २ गते राजधानीबाट प्रकाशित पत्रपत्रिकाले फरकफरक विषयका समाचार मुख्य हेडलाइन बनाएका छन् ।   

आजको कान्तिपुर दैनिकले टुँडीखेलमा आयोजित माघी महोत्सवको फोटो क्याप्सन राखेको छ । कर्नरमा सरकारको खर्च कमजोर रहेको समाचार छ । ‘खर्च झन कमजोर’ शिर्षकमा प्रकाशित समाचारका अनुसार सरकारको खातामा १ खर्ब ७४ अर्ब पैसा थन्किएको छ । सरकारका विभिन्न निकायका कामहरु सुस्त हुँदा पैसा थुप्रिएको हो । यस्तै कान्तिपुरले प्रदेश दुई ८६ करोड मुद्दामा अड्कीएको समाचार छ ।   

राजधानी दैनिकले पुर्वमन्त्रीहरुद्वारा कानुन उलंघन भएका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । पुर्वमन्त्रीहरुले सुरक्षाकर्मीको चरम दुरुपयोग गरेका छन् । यस्तै सैनिक महाविद्यालयमा रासनमा अनियमितताको अर्को समाचार पनि छ । साथमा भारतीय नेटवर्किङको ठगी धन्धा, ‘रोजगारीका नाममा ठगिँदै नेपाली युवा’ शिर्षकमा समाचार प्रकाशित गरेको छ ।   

अन्नपूर्ण पोस्टले नेपालको अर्थतन्त्र दिनदिनै ओरालो लागेको बताएको छ । साथमा माघी महोत्सवको अवसरमार टुँडीखेलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कारागारमा रहेका सांसद रेशम चौधरीलाई छिट्टै छुट्ने भेर दिएको अभिब्यक्तिलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । अन्नपूर्णले नुवाकोटको तारकामा माघेसक्रान्तिका अवसरमा आयोजित गोरु जुधाईको फोटो क्याम्सन पनि प्रकाशित गरेको छ ।   

नेपाल समाचार पत्रले ‘गुठी विधेयकमा गुठियारको बटमलाईन’ शिर्षकमा मुख्य समाचार छ । साथमा भिजिट नेपालका लागि दैनिक ५ हजार पर्यटन चाहिनेमा दुई हजारमात्र आइरहेको समाचार पनि छ ।   

नयाँ पत्रिकाले क्रसर उद्योगीको मनपरीलाई फलोअप गरेको छ । ललितपुरमा मात्रै ६६ अबैध क्रसर उद्योग छन् । ती उद्योगहरु समेत खानी संरक्षण समितिका संयोजक र वडाध्यक्षकै रहेका छन् । साथमा अख्तियारको डरले कर्मचारीहरु मालपोत कार्यालयमा जानै नमानी रहेको समाचार पनि छ ।   

नागरिक दैनिकले भने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अधिकार मागेको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।   

हेर्नुहोस आजका पत्रपत्रिकाका प्रथम पृष्ठ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *