ट्राफिक प्रहरीद्वारा प्रहरीकै गाडीमा ह्विल लक
२०७६ माघ ६ गते

माघ ६, काठमाडौँ । सोमबार काठमाडौँमा महानगरीय ट्राफिक प्रहरीद्वारा प्रहरीकै गाडीमा ह्विल लक गरिएको छ ।
काठमाडौँको अनामनगरमा सडक ढाकेर राखिएको प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाइएको हो । महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले भने ‘नियम मिच्ने जुनसुकै गाडीलाई कारबाहीको दायरा ल्याइन्छ । ’
उनले सडक ढाकेर रोकिएको प्रहरीको गाडीभित्र चालक मात्र रहेको र उक्त गाडी कसले प्रयोग गर्दै आईरहेका हाे खुल्न बाँकी रहेको बताए ।
२०७६ माघ ६ गते
प्रतिक्रिया
सम्बन्धित








