‘बलियो सरकारको कमजोर खर्च’ ‘छाउ गोठमा बस्दा सरकारको डर, घरभित्र पस्दा देउताको डर’

पुस २८, काठमाडौं । ‘छाउ गोठमा बस्दा सरकारको डर, घरभित्र पस्दा देउताको डर’ आजको नयाँ पत्रिका दैनिकले यहि शिर्षकमा सुदुरपश्चिमको छाउपडी प्रथाका कारण पिडित जनताको समस्या उठान गरेको छ । साथमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पार्टीले सभामुखको उम्मेद्वार नतोकेसम्म राजिनामा नदिने अडान लिएको समाचार पनि छ । 

अन्नपूर्ण पोस्ट दैनिकमा भने ‘एक महिना संसद बन्धक’ शिर्षकमा मुख्य समाचार छ । नेकपाभित्र सभामुख चयनमा देखिएको विवादले संसद् बैठक बस्न सकेको छैन । यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त सभामुख कसलाई बनाउनेमा पार्टीमा तीव्र विवाद छ । संसद्मा झन्डै दुई तिहाइ बहुमत भएको नेकपाको आन्तरिक विवादले सभामुखको चुनावदेखि संसद्को काम कारबाही प्रभावित भइरहेको छ ।   

त्यस्तै चन्दननाथ गुठीको १०८ रोपनी जग्गा पनि अतिक्रमण भएको समाचार पनि छ ।   

कान्तिपुर दैनिकले ‘संसद बन्यो गुटवन्दीको बन्धक’ शिर्षकमा समाचार प्रकाशित गरेको छ । त्यस्तै गरी ‘राजनीतिक आडमा क्रसर ब्यवसायीको मनपरी’ शिर्षकमा अर्को मुख्य समाचार छ ।   

गोरखापत्रले भने ‘चीनका बन्दरगाह नेपाललाई खुल्ला’ शिर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । त्यस्तै प्रदेश ३ को नाम वागमती र राजधानी हेटौंडा पारित भएको समाचार पनि छ ।   

नागरिक दैनिकले आर्थिक विषयलाई प्राथमिकता दिँदै ‘बलियो सरकारको कमजोर खर्च’ शिर्षकमा समाचार प्रकाशित गरेको छ । साथमा ओली दाहाललाई तुम्बाहाम्फेको चुनौति शिर्षकमा अर्को समाचार छ ।   

हेर्नुहोस आजका पत्रपत्रिकाका प्रथम पृष्ठ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *