अमेरिका–इराक युद्ध भए ११ लाख नेपाली जोखिममा, निजी कक्षा कोठाभित्रै छाता ओढेर पढ्नुपर्ने अवस्था, रामबाबुलाई कारवाही नगर्न राजपाको दवाव

पुस २४, काठमाडौं । आज राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाले फरकफरक विषयलाई अग्रपृष्ठमा प्रकाशित गरेका छन् । कान्तिपुर दैनिक, राजधानी दैनिक, अन्नपूर्ण पोस्ट, नागरिक दैनिक, नयाँ पत्रिका लगायतले फरकफरक विषय समेटेका छन् ।   

आज कान्तिपुर दैनिकले कान्तिपुर आर्थिक विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । कान्तिपुर ग्रुपले नै आयोजना गरेको कान्तिपुर इकोनमिक समिटको चौथो सत्रमा बोल्दै वक्ताहरुले निजी क्षेत्रको मनोबल टुट्न नदिने प्रतिबद्धता जनाएका छन् ।   

बिहीबार आयोजित ‘कान्तिपुर इकोनमिक समिट २०२०’ मा सत्तारूढ नेकपाका नेता, बहालवाला तथा पूर्वअर्थमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र सरकारका उच्च अधिकारीहरूले अहिले निजी क्षेत्रले केही असहज महसुस गरिरहे पनि मनोबल टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् । कान्तिपुरको मुख्य समाचार छ ।   

नागरिक दैनिकले ‘चढ्दै प्रदुषणको पारो’ शिर्षकमा राजधानीमा वायु प्रदुषणले जनताको स्वास्थ्य नराम्रोसँग विगारेको समाचार छ । भने, ललिता निवास जग्गा प्रकरण छानविन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असहयोग गरेको समाचार पनि छ । साथमा, रोल्पाको एक सामुदायिक विद्यालयको कन्तविजोकको समाचार छ । समाचारमा उल्लेख गरेअनुसार अहिले उक्त विद्यालयमा विद्यार्थीहरु कक्षाकोठा भित्र छाता ओढेर पढिरहेका छन् ।   

नयाँ पत्रिकाले भने, इरान–अमेरिका तनावमा मध्यपूर्वका ११ लाख नेपाली जोखिममा पर्नसक्ने समाचार प्रकाशित गरेको छ । इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका छन् । इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि संकट थपिँदै जाँदा उनीहरूको उद्धार गर्न तयारी हालतमा बस्नुपर्ने निष्कर्ष सरकारले निकालेको छ । 

मध्यपूर्वमा रहेका नेपालीको उद्धार गर्न नेपाल वायुसेवा निगमको जहाज तयारी अवस्थामा राख्ने निर्णय परराष्ट्र मन्त्रालयमा बिहीबार बसेको सबै सरोकारवाला निकायबीचको बैठकले गरेको छ । बैठकमा परराष्ट्रसहित प्रधानमन्त्री कार्यालय, श्रम, रक्षा, संस्कृति तथा पर्यटन, अर्थ, गृह मन्त्रालयका अधिकारी, नेपाली सेना, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका अधिकारी सहभागी थिए । 

नयाँ पत्रिकाको फलोअप समाचारमा तराईका साहुकार राजपाका नेता रामबाबु यादवलाई कारवाही नगर्न राजपाले प्रहरी प्रशासनलाई दवाव दिएको समाचार छ ।   

अन्नपूर्ण पोस्टले तनहुँको हाइड्रो पावरमा एशियाली विकास बैंकले हस्तक्षेप गरेको समाचार छ । समाचार अनुसार निर्माण सुरु भइसकेको जलाशययुक्त तनहुँ हाइड्रो (१४० मेगावाट) को पुनः ठेक्का प्रक्रियामा एसियाली विकास बैंक (एडीबी) ले हस्तक्षेप गरी रद्द गरेको छ । अघिल्लो वर्षदेखि निर्माण सुरु भएको आयोजनाको पहिलो प्याकेज (आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ र अस्थायी बाँधलगायतका संरचना) को ठेक्का रद्द भएपछि लागत र निर्माण सम्पन्न हुने तालिका प्रभावित भएको छ । 

आयोजनामा १५ करोड अमेरिकी डलर ऋण दिएको एडीबीको हस्तक्षेपका कारण निर्माण सम्पन्न हुन कम्तीमा पनि आठ महिना पर धकेलिएको छ भने लागत पनि बढ्ने भएको छ । 

हेर्नुहोस आजका पत्रपत्रिकाका प्रथम पृष्ठ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *