कोरोना भाइरस : के गरिँदैछ रोकथामका लागि ?

कोरोना भाइरसले सयौं चिनियाँ नागरिकको ज्यान लिइसकेको छ । चीनको हुवेइ प्रान्तबाट फैलिएको नोवेल कोरोना नामक भाइरसले जनवरी ३० सम्म ७ हजार जना संक्रमित भइसकेका छन् भने १७० जनाको ज्यान गइसकेको छ । हाल सम्म चीन बाहिर १६ देशमा यसको सङ्क्रमण देखा परेको छ । सङ्क्रमित पाँच जनामध्ये एक जनामा निमोनियाजस्ता गम्भीर समस्या देखिएका छन् ।   

चीनको वुहान शहरको हुवेइ प्रान्तमा मात्रै ७६ जनाको ज्यान गइसकेको छ । नोवेल कोरोना भाइरस चीनबाहिरका देशहरुमा पनि तिव्ररुपमा फैलिइरहेको छ ।  करोडौं मानिस भाइरसबाट प्रभावित भएका छन् । 

कोरोनाभाइरस के हो ?   

null

कोरोना भाइरस स्वासप्रस्वास सम्बन्धी तिव्र संक्रमण हुने रोग हो । यो भाइरसले रुघाखोकी लगाउँछ । यो विश्वमै पहिलो पटक चीनको वुहानमा देखा परेको नयाँ भाइरस हो । यसको नाम नोबेल कोरोना (एनकोभ २०१९) राखिएको छ । भाइरस पशुपन्छी बाट मानिसमा सरेपछि सामान्य बन्छन् । सन् २००३ मा यस्तै चमेरोबाट बिरालो जस्तो देखिने सिभिट र मानिसमा सरेपछि श्वासप्रश्वास सम्बन्धी रोग सार्सको प्रकोप फैलिएको थियो ।   

लक्षण : 

यो भाइरस पहिलो पटक चीनको वुहान शहरमा पहिचान गरिएको थियो । यो भाइरसको संक्रमण भएमा  सुरुमा स्वासप्रस्वास सम्बन्धी समस्या देखा पर्छ । यो स्वासप्रश्वास सम्बन्धी तिव्ररुपमा सर्ने रोगको रुपमा देखा परेको छ । यसकोे संक्रमणले निमोनियाका लक्षण देखा पर्छन । विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरसको संक्रमण भएमा निम्न लक्षणहरु देखा पर्दछन् । 

– सुख्खा खोकी लाग्नु, 

– स्वास फेर्न गाह्रो हुने, 

– टाउको दुख्ने, 

– हाछ्यु आउने, 

– ज्वरो आउनु, 

– मृगौलाले काम गर्न बन्द गर्नु, 

कोरोना भाइरसबाट बच्न के गर्ने ?   

विश्वस्वास्थ्य संगठनले कोरोना भाइरस प्रभावित क्षेत्रलाई कोरोनाबाट बच्नको लागि सामान्य सावधानी अपनाउन सल्लाह दिएको छ । जसले गर्दा संक्रमणको जोखिम कम गर्न मद्दत गर्छ । संगठनले कोरोना भाइरस संक्रमित व्यक्तिहरुलाई सरसफाइमा विशेष ध्यान दिन पनि सल्लाह दिएको छ ।   

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट बच्न निम्न कुराहरु अबलम्बन गर्नुपर्ने उल्लेख गरको छ ।   

–हात धुँदा साबुनपानी र अल्कोहल रबर प्रयोग गरेर धुने,   

–खोक्दा वा हाछ्युँ गर्दा नाक मुख छोप्ने,   

– रुघाखोकी लागेका व्यक्तिसँग नजिक नहुने,   

– मासु र अण्डा राम्ररी पकाएर खाने, 

– जंगली वा फर्ममा पालिएका जनावरलाई सोझै नछुने ।   

संक्रमित भएमा के गर्ने ?   

चीन सरकारले कोरोना भाइरसलाई विगतमा माहामारीको रुपमा फैलिएको सार्स नामक भाइरसको संज्ञा दिएको छ । यसको कारण जुन व्यक्ति यो भाइरसबाट संक्रमित भएको छ उसलाई छुट्टै राखिन्छ ।   

विश्व स्वास्थ्य संगठनले संक्रमित व्यक्तिहरुलाई तुरुन्त जाँच गर्न अस्पताल, डाक्टर तथा स्वास्थ्यकर्मीलार्ई विशेष सल्लाह दिएको छ । संक्रमित व्यक्तिहरुलाई हल्का, मध्यम र गम्भिर वर्गमा वर्गीकरण गर्नुपर्नेछ । स्वास्थ्यकर्मी आफै संक्रमणको शिकार नहुनको लागि सावधानी अपनाउन जरुरी छ ।   

स्वास्थ्यकर्मीले अस्पतालमा गाउन, मास्क, पन्जाको प्रयोगबाहेक संक्रमित विरामीको गतिविधि नियन्त्रण गर्न पनि विश्व स्वास्थ्य संगठनले सल्लाह दिएको छ ।   

कोरोना भाइरसको प्रभाव   

हाल कोरोना भाइरसको प्रभाव नेपाल लगायत थाईल्याण्ड, भियतनाम, ताइवान, दक्षिण कोरिया, सिंगापुर, जापान, अमेरिका, अस्ट्रेलिया तथा फ्रान्समा पनि पुष्टि भइसकेको छ । अन्य देशहरुमा पनि यो भाइरसको अनुसन्धान भइरहेको छ । विश्वका धेरै देशहरुले चीनबाट आएका यात्रुहरुको जाँच गर्न सावधानी अपनाएका छन् । ताईवानले चीनको वुहानबाट आउने मानिसहरुलाई प्रतिवन्ध लगाइसकेको छ । अमेरिकाले चीनमा रहेका आफ्ना नागरिकहरुलाई सावधानी अपनाउन सल्लाह दिएको छ ।   

जापानले पनि वुहानबाट आफ्ना नागरिक फिर्ता लैजान थालेको छ । कतिपय देशका विमानकम्पनीहरुले चीनको उडान स्थगित नै गरेका छन् ।   

बढी प्रभावित क्षेत्रमा के हुँदैछ ?   

कोरोना भाइरसको सबैभन्दा बढी प्रभावित देश चीन बनेको छ । चीनको हुवेइ प्रात सबैभन्दा बढी प्रभावित बनेको छ । हुवेई कोरोनाको केन्द्रविन्दू नै बनेको छ । डिसेम्बरमा पहिलोचोटि संक्रमण देखिएको यो भाइरसबाट जनवरी अन्तसम्ममा चीनमा चार हजार बढी मानिसमा संक्रमण देखिइसकेको छ ।     

यसबाट हुबेई प्रान्तका १० शहरमा कम्तिमा पनि २० करोड मानिस प्रभावित बनेका छन् ।   

हुबेइ प्रान्तको राजधानी वुहान हो । वुहानको जनसंख्या मात्रै करीब १० करोड छ । चीन सरकारले यो शहरको यातायात नै बन्द गरेको छ । शहर बाहिरको हवाई तथा रेल सेवा स्थगित गरिएको छ ।   

वुहान युनिभर्सिटी अफ टेक्नोलोजीका एक भारतीय विद्यार्थीले बताएका छन् विश्वविद्यालयले प्रत्येक दिन विद्यार्थीको तापक्रम जाँचिरहेको छ ।  सबै विद्यार्थीहरुलाई मास्क दिईएको छ । विश्वविद्यालयको आफ्नै अस्पताल छ ।   

कोरोना भाइरसको उपचारकै लागि चीनले एक हजार शैय्याको अस्पताल निर्माण गरिसकेको छ ।   

चीनबाट विदेशी नागरिकको उद्दार   

कोरोना भाइरसको संक्रमण पछि विभिन्न देशहरुले चीनमा रहेका आफ्ना नागरिकहरुको उद्दार गरिरहेको छ । चीनमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा विभिन्न देशहरुले आफ्ना नागरिकहरुको उद्दार गर्न थालेको हो ।   

जापान र अमेरिका लगायत देशहरुले कोरोना संक्रमित चीनबाट आफ्ना नागरिकहरुको उद्दार गरेको छ ।   

चीनबाट उद्दार गरिएका जापानी नागरिकहरुको विमानमै स्वास्थ्य परीक्षणसमेत गरिएको थियो ।   

अमेरिकले पनि विमान भाडामा लिएर आफ्ना नागरिकको उद्दार गरेको बताइएको छ ।   

यस्तै, अस्ट्रेलिया, नयुजिल्यान्ड र युरोपेली संघले पनि आफ्ना नागरिकहरुलाई वुहानबाट उद्दार गरी स्वदेश फिर्ता गर्न लागेको छ ।   

अस्ट्रेलियाले आफ्ना नागरिकलाई क्रिसमस टापु पुर्याएर स्वास्थ्य परीक्षण गरी घर फर्काउने योजना बनाएको बताएको छ ।   

नेपालमा ‘कोरोना भाइरस’ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना भाइरस’ संक्रमण भए नभएकोबारे जानकारी गर्न उपत्यकाका पाँच अस्पतालबाट परीक्षण सुरु गरेको छ । माघ १५ गते मन्त्रालयले पत्रकार सम्मेलन गरी डा. गुणराज लोहनीको नेतृत्वमा अनुगमन टोली गठन गर्न लागेको बताएको छ ।   

मन्त्रालयले पाँच अस्पताललाई कोरोनाको उपचार गराउने ‘हब’ अस्पतालको रुपमा छुट्याइएको छ ।   

१. शुक्रराज ट्रपिकल तथा सरुवारोग,   

२. त्रिवि शिक्षण अस्पताल,   

३. पाटन अस्पताल, 

४.वीर अस्पताल, 

५. भक्तपुर अस्पताल   

यि बाहेक अन्य १३ अस्पतालबाट पनि कोरोनाको परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।   

कोरोना भाइरसको लक्षण दुई देखि १० दिन सम्ममा देखिनसक्छ । मन्त्रालयले चीनबाट आएका व्यक्तिलाई निगरानीमा राखिने बताएको छ ।   

के गर्दैछ नेपाल ? 

हाल चीनमा ७००० को आसपासमा नेपाली नागरिक रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । भाइरस प्रभावित क्षेत्रमा १०० को आसपासमा नेपाली रहको बताइएको छ । सङक्रमणका कारण वुहानमा एक नेपालीको मृत्यु समेत भइसकेको छ । उनको शव नेपाल ल्याउन समेत नसकिएको दूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले बताए । उनले त्यसबारेमा चिनियाँ परराष्ट्र मन्त्रालयसँग निरन्तर परामर्शमा रहेको बताए । आफ्ना नेपाली नागरिक समेत स्वदेश फिर्ता ल्याउने तयारीमा रहेको उनले बताएका छन् ।   

डब्लुएचओको चेतावनी   

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबारे पूरै विश्व सावधान हुन चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका आपतकाल कार्यक्रमका प्रमुखले चीनको वुहानबाट फैलिएको कोरोनाको सङ्क्रमणबारे सम्पूर्ण विश्वनै सावधान हुनुपर्ने बताएको छ । 

डब्लुएचओले बिहीबार आपतकालीन अवस्था निम्त्याएको हो होइन भनी फैसला गर्न बैठक बोलाएको छ । गत हप्ता सम्म यो आपतकालीन अवस्थामा पुगिसकेको थिएन ।   

डब्लुएचओका महानिर्देशकले सङ्क्रमण बढ्दा घटना चीन बाहिर पनि सरेकोले अवस्था निकै चिन्ताजनक रहेको बताएका छन् । चीन बाहिरका मूलुकहरुमा थोरैमा मात्र देखिएपनि यो संख्या बढ्नसक्ने सम्भावना रहेको छ ।   

महत्त्वपूर्ण चरण   

कोरोनाको कुनै उपचार र खोप पत्ता लागिसकेको छैन । तर उपचारपछि धेरै जना निको भएका पनि छन् ।   

डब्लुएचओका डाक्टर र्‍यानले विज्ञहरुको टोली चीन जानको लागि तयार पारिन लागेको बताएका छन् । उनले भनेका छन्,‘हामी यो सङ्क्रमणको एक महत्वपूर्ण चरणमा छौं । यसको फैलावट रोक्न सकिने विश्वास छ ।’ 

पाँच दिनमै बन्यो अस्पताल   

चीन सरकारले पाँच दिनमै कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि पाँच दिनमै नयाँ अस्पताल निर्माण गरेको छ । हजार शैयाको उक्त अस्पताल निर्माण पाँच दिनमै निर्माण गर्न चीन सफल भएको छ । वुहान प्रान्तमा बनेको उक्त डबेइ माउन्टेन रिजनल मेडिकल सेन्टर मंगलबार राति देखि सञ्चालनमा ल्याईको अधिकारीहरुले बताएका छन् । अस्पताल निर्माणका लागि ५ सय भन्दा बढी कामदार र दजर्नौ डोजर र स्काभेटरले काम गरेका थिए ।   

खोप बनाउन १ करोड ४४ लाख अनुदान 

कोरोना भाइरसको खोप बनाउन अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउण्डेसनले  १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ ।   

ज्याक माले भाइरसविरुद्ध लड्ने खोपहरुको निर्माणकेलागि थप लगानी गर्ने बताएका छन् । अलिबाबा समूहले चीन सरकारलाई सघाउन २ अर्व चिनियाँ युयान दिने घोषणा गरिसकेको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 11 =