किरातीहरुको नयाँ वर्षमा धरानमा तोश्रो यलम्बर साँझ हुँदै

पुस २५, धरान ।  सुनसरी किराँत जातीको नयाँ वर्ष यले दोङ्गको अवसरमा सुनसरीको धरानमा यलम्बर साँझ अर्थात (येले दोङ २०७६) हुने भएको छ । 

ब्लिङ इभेन्ट मेनेजमेन्ट प्रा.लिको आयोजना किरातीहरुको नयाँ वर्ष येले दोङ ५०८० मनाउने उदेश्यले सो यलम्बर साँझ गर्न लागेको प्रालिका निर्दैशक अमित राईले धरान १८ बुद्धचोक स्थित ग्रिन मार्टमा शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए । 

आगामी माघ ३ गते धरान १२ स्थित पब्लिक उच्च माबिको खेल मैदानमा बिभिन्न सांस्कृतिक कार्यक्रम र शुभकामना आदान प्रदान गरी यले दोङ मनाउन लागेको सम्मेलनमा राईले बताए । अघिल्ला बर्षहरु झैं यो वर्ष पनि किराँतीहरुको नयाँ वर्षको अवसर पारेर सो साँझ गर्ने र साझबाट उठेको रकमलाई सामाजिक क्षेत्रमा खर्च गरिने समेत राईले जानकारी दिए । 

करिब ९ लाखको लागतमा हुन लागेको सो साझबाट उठेको रकमको ५० हजार  सुनसरीका एच आई भी प्रभावित बालबलिकाहरुको शिक्षाका लागी खर्च गरिने छ । 

साँझ ४ बजेबाट सुुरु हुने कार्यक्रममा दएज ब्याण्ड स्थानीय ब्याण्ड, स्टायन्डअप कमेडियन सुजन जिम्बा स्थानीय डान्स सेन्टरहरुको कलाकारहरुको बिशोष प्रस्तुति रहनेछ । भने त्यसको भोली पल्ट ब्याण्डकै साथमा कार्यक्रममा लक्की ड्र गरी छनौटमा परिएको दर्शकलाई रात्री भोजमा समावेश गरिने पनि  आयोजकले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *