बक्सिङ स्वर्ण विजेता पुरस्कृत


पुष १७, काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका स्वर्ण विजेता खेलाडीलाई बिहीबार पुरस्कृत गरिएको छ ।
युके बस्दै आएका पूर्व बक्सिङ खेलाडी कुश बस्नेतको सहयोगमा स्वर्ण विजेता ३ खेलाडीलाई सम्मान गरिएको हो । नेपाल बक्सिङ संघको सहयोगमा कार्यक्रमको संयोजन वरिष्ठ बक्सिङ प्रशिक्षक ओमकुमार मास्केले गरेका थिए ।
बस्नेतले मास्के मार्फत नै पुरस्कार रकम पाठाएका हुन् । सागको बक्सिङ तर्फ २ पुरुष र १ महिला खेलाडीले नेपाललाई स्वर्ण दिलाएका थिए । पुरुष ६० केजीमा सनिल शाही र ६४ केजीमा भुपेन्द्र थापाले स्वर्ण जितेका थिए । महिला ५४ केजीमा मिनु गुरुङले स्वर्ण जितेकी थिइन् । खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिउको छ ।
null
सोही अवसरमा बक्सिङका रजत र कांस्य विजेतालाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपका सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुन केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले खेलाडीलाई पुरस्कृत गरेका हुन् ।
