चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

माघ १२, काठमाडौं । चीनमा कोरोना भाइरसबाट मृत्यु  हुनेको संख्या ५६ पुगेको छ भने ९७५ जना संक्रमित भएका छन् ।   

भाइरसको संक्रमण बढ्दै गएपछि चीनको ख्हबेई प्रान्तका नगरहरूमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । प्रति करिब दुई करोड मानिसलाई यात्रा नगर्न निर्देशन दिइएको हो ।   

त्यस्तै ठूलो संख्यामा यातायातका साधनमा रोक लगाइएको छ भने १३ सहर ठप्प छन्। फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको यो भाइरस सङ्क्रमण विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ। 

Image result for चीन काेराेना भाइरस

शनिबारसम्म मात्रै विश्वका अन्य भागमा २ हजारभन्दा बढी मानिस  प्रभावित भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएको छ।   

चीनको वुहान सहरस्थित समुद्री खानाको बजारबाट यो भाइरस सरेको विश्वास गरिन्छ। 

नेपालमा पनि हालसम्म एक जनामा यसको संक्रमित देखिए पनि यो अन्य ठाउँमा जस्तो हानिकारक नभएको चिकित्सकको भनाइ छ। 

कोरोनाभाइरसको सङ्क्रमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुख्खा खोकी लाग्छ। केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ । तर कैयौँ अवस्थामा यस्ता लक्षण नदेखिएका बिरामी पनि भेटिने गरेको विज्ञहरू बताउँछन्। 

ज्वरो र रुघाखोकी लागेमा सावधान रहन र चिकित्सकको परामर्श लिनुपर्ने विज्ञहरूको सुझाव छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *