कारले ठक्कर दियो मोटरसाइकललाई, कार चालकसँग थियो पेस्तोल

माघ ५, काठमाडौँ । गएराती प्रहरीले जनकपुरमा चाइनिज पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जनकपुर उपमहानगरपालिका १ भानुचोकमा बा १४ च ७४५९ नम्बरको कारले ज ९ प ४८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएपछी उक्त कारलाई चेकजाँच गर्ने क्रममा सो हतियार सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका १ रम्दैया बस्ने ४२ वर्षीय कार चालक जितेन्द्र कुमार यादव र सोही ठाउँ बस्ने ३० वर्षीय कुमोद नारायण झा रहेको प्रहरीले जनाएका छन् ।

प्रहरीका अनुसार उनीहरुको साथबाट ठूलो चाइनिज पेस्तोल जस्तो देखिने पेस्तोल १ थान, त्यसको गोली ७ राउण्ड र १ थान म्याग्जिन फेला पारिएको छ ।
उनीहरुको कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक महोत्तरी पिपरा गाउँपालिका९५ बस्ने २० वर्षीय पारस कुमार यादव र मोटरसाइकलमा सवार हंसपुर नगरपालिका९२ बकचौरा बस्ने ३० वर्षीय शिव कुमार मण्डलको धनुषा अस्पतालमा उपचार भईरहेको छ ।
पक्राउ परेका जितेन्द्र र कारमा सवार कुमोदमाथी घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








