बल्ल छाडे एसपी मल्लले चितवन

२०७६ पुस १८ गते

पुष १८, काठमाडौँ । एसपी दानबहादुर मल्लले शुक्रबार चितवन छाडेका छन् । एसपी मल्लले जिल्लाका डिएसपीलाई चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रवाना लिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रहेका एसपी मल्लले डीएसपीलाई चार्ज बुझाएको ३ नम्बर प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको छ ।
एसपी मल्लको पुस ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको थियो । सरुवा भएको दुई हप्तासम्म पनि जिल्ला नछाडेपछि मल्लको चर्को आलोचना भएको थियो ।
मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरूवा गरेको छ ।
सरुवा पछि पनि अटेर गरि चितवन नछाडेपछि बुधबार मात्रै ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले मल्ललाई १२ घन्टे अल्टिमेटम दिएको थियो ।

२०७६ पुस १८ गते
प्रतिक्रिया
सम्बन्धित