निर्भया : तीन दोषीसँग कानुनी विकल्प बाँकी, २२ जनवरीमा फासी नहुने निश्चित !

माघ २, काठमाडौं । निर्भयाका चारै दोषी मुकेश, विनय, अक्षय र पवनलाई २२ जनवरीमा फासी नदिने निश्चित भएको छ । किनभने एक दोषी मुकेशले राष्ट्रपति समक्ष याचिका पठाएका छन् । उनी बाहेक विनयसंग पनि याचिकाको विकल्प बाँकी छ ।   

साथै अक्षय र पवनसंग अहिले पनि क्यूरेटिव पिटीशन र दया याचिका, दुबै विकल्प बाँकी छ ।   दिल्ली प्रिजन म्यानुअल २०१८ का अनुसार यदी कुनै घटनामा एकभन्दा बढी दोषीहलाई फासीको सजाय दिइन्छ भने, र यी मध्ये कुनै एकको याचिका लम्बिएकाअन्य दोषीको पनि फासीको समय लम्बिने छ ।   

तिहाड जेल प्रशासनका वकिलले दिल्ली उच्च अदालतमा भने, ‘चार दाषीलाई २२ जनवरीको विहान ७ बजे  दिने भनिएको फासी दिन सकिदैँन, किनभने एक दोषीको याचिक राष्ट्रपतिसमक्ष रहेको छ । हामी कानुनी रुपमा बाँधिभएका छौं । याचिका खारेजपछि पनि दोषीहरुलाई १४ दिनको नोटिश दिनुपर्छ ।’   

२२ जनवरीमा किन हुँदैन फासी ? यस्ता छन् चार कारण  

१. दिल्ली प्रिजन म्यानुअल २०१८ का अनुसार दोषीहरुसंग डेथ वारेन्ट या फासीको सजायविरुद्ध अपिल गर्न पाउने अधिकार हुन्छ । यसमा जेलका अध्यक्षनै उनीहरुलाई मदत गर्न बाध्य हुन्छन् । दोषीसंग सर्वाेच्च अदालतमा अपिल गर्ने अधिकार पनि हुन्छ । यदी उनीहरुले अपिल गरे भने अदालतको अन्तिम फैसला नआउन्जेलसम्म या अपिल खारेज नभएसम्म उनीहरुलाई फासी दिइदैन ।   

२. सर्वाेच्च अदालतबाट राहत नमिलेपनि दोषीसंग ७ दिन भित्र राष्ट्रपतिसमक्ष दया याचिका पठाउने अधिकार हुन्छ । मृत्युको सजाय पाउने दोषीहरुलाई ७ दिनपछि पनि दया याचिका पठाउने अधिकार हुन्छ । यस्तोमा जबसम्म दया याचिकामा फैसला हुँदैन तबसम्म उनीहरुलाई फासी दिइदैंन ।   

३. सबै दोषीहरुले राष्ट्रिपतिसमक्ष दया याचिका पठाउने गर्छन र ती सबै याचिका खारेज हुन्छन् । यस्तो अवस्थामा दोषीले १४ दिनको समय पाउने छन् ।  सर्वाेच्च अदालतले १४ दिनको समय तोकेको छ । जुन दोषीहरुले साथीभाई आफन्तहरुसंग भेट्न र अत्यावस्यक काम गर्नको लागि पाउने छन् ।   

४. दिल्ली प्रिजन म्यानुअल को ८३७ बुँदा अनुसार यदी एउटै अपराधमा एकभन्दा बढि दोषीलाई फासीको सजाय भएको छ र यी मध्ये एकले मात्रै अपिल गर्छ भने पनि यस्तो अवस्थामा सबै दोषलाई फासी तबसम्म दिइदैन जबसम्म अपिलमा फैसला हुँदैन ।   

(निर्भया केसमा चार मध्ये एकले याचिका पठाएका छन्, यसमा फैसाला हुन बाँकी छ । र फैसलापछि १४ दिन को समय पनि पाउने छन् । उता तीन जना दोषीसंग अहिले पनि कानुनी वकल्प बाँकी नै छ । यसकारण तिहाड जेलका वकिलका अनुसार जनवरी २२ मा यी चारलाई फासी नहुने निश्चत छ । )  

के कानुनको गलत फाईदा उठाउँदै छन् दोषीहरु ?   

मृत्युको सजाय पाएका दोषीले सबै कानुनी विकल्प प्रयोग गर्न पाउने अधिकार हुन्छ । किन भने सजाय दिएपछि सुधार गर्ने कुनै मौका हुँदैन । यसकारण विकल्पका लागि सरकारलेनै दोषीहरुलाई सहयोग गर्छ ।   

एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *