टेली नायिका सेजलको मृत्यु हुँदा यी नायिकालाई श्रद्धाञ्जली दिनेहरुको ओईरो

माघ १३, काठमाडौँ । भारतीय एक टेलिभिजन नायिकाको मृत्यु हुँदा एक अर्की जिवितै नायिकामाथि श्रद्धाञ्जली दिनेहरुको ओईरो लागेको छ ।   

 गएको शुक्रबार  ‘दिल तो ह्याप्पी हे जी’ बाट चर्चामा आएकी टिभी नायिका सेजल शर्माले  पंखामा पछ्यौरा बाँधेर झुण्डिएर  आत्महत्या गरेकी थिईन् ।   

उनलेआत्महत्या गरेको स्थानमा   डिप्रेशनको कारणले आफूले आत्महत्या गरेको भनेर लेखिएको साइड नोट समेत प्रहरीले फेला पारिएको थियो । तर उनको त्यो आत्महत्या  अर्की एक नायिकालाई भारी पर्यो । उस्तै मिल्दो जुल्दो नाम अर्की नायिका सेजल शर्माको पनि भएपछी जिवितै सेजल शर्मालाई श्रद्धाञ्जली दिनेहरुको ओईरो नै लाग्यो । 

Image result for सेजल शर्मा

उनले सामाजिक संजाल मार्फत आफू जिवित भएको स्पष्टिकरण आफ्ना  प्रशंसकहरुलाई दिएकी छिन् । उनले सामाजिक संजाल  इन्स्टाग्राममा  एक फोटो सेयर गर्दै लेखेकी छिन् ।   

‘हेलो, म आफ्ना सबै साथी र प्रशंसकलाई आफू जिउँदो भएको जानकारी दिन चाहन्छु । म नायिका सेजल शर्माको आत्महत्याको खबर सुनेर स्तब्ध र दुखी भएकी छु । म सबैलाई यो आग्रह गर्न चाहन्छु कि यदि तपाईं जीवनमा दुःखी र डिप्रस्ड हुनुहुन्छ भने कृपया मृत्युलाई अँगालो नहाल्नुहोस् । आत्महत्या कुनै पनि समस्याको हल होइन । मिडियाले मेरो तस्बिर प्रयोग गरेकोमा पनि रुष्ट छु । उनीहरुले यस्तो गर्दा मेरा आफन्तबीच निकै कोकोहोलो मच्चिएको थियो ।’ 

सेजलले केही पंजाबी र बलिउड फिल्ममा काम गरेकी छिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *