पुस्ता रुपान्तरणसँगै लोप हुँदै पत्थरका सिलौटा र जाँतो

पुस २१, विराटनगर ।  भनिन्छ शिप र श्रम भएका मानिसहरुको हात खाली हुँदैन । त्यस्तै विराटनगर हाटखोलाकी ३० वर्षिया तुलसी जाँतोवाला र उनकाको श्रीमानको जाँतो र सिलौटा बनाउने दैनिकी बिहान ७ बजेबाट  सुरु हुन्छ  । पुसको कठाग्रिने जाडोले कापेका हातले विश्राम पाएन तुलसीको ।   

पत्थरलाई बुट्टा कुदेर सिलौटा, जाँतो बनाउँदै उनको दैनिकी बित्ने गर्दछ । विराटनगरको हाटखोला बालगोपाल मार्गमा  उनी  र उनको श्रीमान जाँतो, सिलौटा बनाएर बेच्ने गर्दछन् । बाउ बाजेकोे पाला देखि नै जाँतो, सिलौटा बनाउदै आइरहेकाले यो पेसा परम्पारगत पेसा नै रहेको तुलसीले बताईन् । 

सय वर्ष अगाडी देखि बाउबाजेका पाला देखि नै यहि पेसा अंगाल्दै आएको पुख्र्यौली पेसा भएर होला नागरिकताको नाम पछाडी थर जातोवाला राखेको उनले सुनाईन् ।  आफु माईतीमा हुँदा पनि बाउ बाजेले नै यस्ता किसिमका काम गरेकाले  श्रीमानको घरमा यसरी काम गरेर खान कुनै अप्ठयारो नलाग्ने उनले बताइन् । 

 दैनिक ५ सय देखि ८ सय सम्म आम्दानी  हुने बताउने तुलसीले यीनै कमाईबाट  ३ जना छोराछोरी ५ जनाको परिवार धानेको बताउँछिन् । कहिलेकाँही हप्तादिन सम्म व्यापार नहुँदा घर खर्च धान्न पनि हम्मे हम्मे पर्छ उनी सुनाउछिन् ।   

मिहेनत छ आम्दानि छैन   

पत्थर खोपेर त्यसलाई आकार दिन कम समय र कम मिहेनतले हँुदैन ।  त्यस्का लागि मिहेनत र समय धेरै नै खर्चिलो हुन्छ ।  यो पेसामा जति मिहेनत गरे पनि आम्दानी भने सोचे जस्तो नभएको तुलसीले बताउछिन् । 

सिलौटा जाँतो बनाउन खोलाको पत्थर चाहिने भएकाले पत्थर लिन उनको श्रीमान लेटाङ पुग्ने गर्दछन् । खोलाको पत्थरको कर तिरेर ५० देखि  सय वटा लिएर आउने गर्दछ । 

 वर्खाको समयमा  ४ देखि ५ वटा जाँतो ६ देखि ७ वटा सिलौटा बनाउने गरेको भए पनि जाडोको बेला  एक जोडि जाँतो २ देखि ३ वटा सिलौटा मात्र बनाउन सकिने उनले बताईन् ।  उनी भन्छिन् । “मिहेनत गरेर बनायो आम्दानी  हुँदैन शहरमा  आजाभोली त्यहि भएर  गधालाई सिलौटा जाँतो बोकाएर श्रीमान् गाँउगाँउ पुग्ने गर्नुहुन्छ ”।   

 पुस्ता रुपान्तरणसँगै लोभ हुने सम्भावना पत्थरका सिलौटा र जाँतो   

समयसँगै विगतका दिनहरु भन्दा फरक भएका आम मानिसको दैनिक जिउने जीवनशैली । प्रविधिको विकासले फडको मारेसँगै आधुनिकतामा रम्न रुचाउन थालेका छन् आजभोलीका पुस्ताहरु ।   

घरघरमा मसला पिस्ने मिक्चर भित्रिएका छन् भने गाँउगाँउमा मकै, कोदो, दाल, धान पिस्ने मिल भित्रिएका छन् । अबका पुस्ताले सिलौटामा मसला , जाँतोम दाल, मकै पिस्दैनन् । त्यस्तै तुलसीकी २ छोरा १ छोरी छन् । तर उनीहरुलाई आमाबाले गरेको काम प्रति कुनै चासो छैन । 

तुलसी भन्छिन् हामी बुढाबुढीले त नपढेर दुख पाइयो । अब हाम्रा सन्तानले दुख नपाउन् । उनीहरु स्थानिय स्कुलमा अध्ययनरत छन् । सके सम्म पढाउने जागिरे बनाउने तर पत्थर कुट्न नलगाउने तुलसीको भनाई छ । 

 यसका लागि संघिय सरकार, प्रदेश सरकार साथै स्थानिय सरकारले श्रमिकहरुको पेसा प्रतिको हक, अधिकार साथै संरक्षणको  विषयलाई एक दिने कार्यक्रममा मात्र सिमित राखे भोली गएर पुस्ता रुपान्तरणसँगै प्राकृतिक साथै  परम्परागत सामाग्रीहरु लोभ हुने प्रवल्ल सम्भावना देखिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *