नेकपा केन्द्रीय समिति बैठक सुरु

माघ १५, काठमाडौँ । बुधबार राजधानीको राष्ट्रियसभा गृहमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक  सुरु  भएको छ ।   

बुधबार बिहान ११ बजे देखी सुरु भएको यस बैठकलागि एजेण्डासँगै नौ बुँदे कार्यविधिसमेत तय गरिएको छ ।   

पार्टी एकीकरणको २१ महिनामा दोस्रोपटक केन्द्रीय सदस्यको बैठक बसेको हो।  तत्कालिन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएपछि दोस्रोपटक केन्द्रीय समितिको बैठक बसेको हो। हाल नेकपा केन्द्रीय समिति ४ सय ४६ सदस्यीय छ । 

Image may contain: one or more people and indoor

बैठककाे सुरुवातमै  प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धिमा लैजान सबै जुट्नुपर्ने बताएका छन् । 

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनलाई सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको छ । 

नेकपा स्रोतका अनुसार, बैठक आगामी माघ २२ गतेसम्म सञ्चालन हुनेछ । बैठक हरेक दिन बिहान ११ बजे सुरु भएर ५ बजे सकिनेछ । तर माघ १७ गतेको बैठक भने दिउँसो १ बजेमात्रै सुरु हुनेछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *