काँकडभिट्टा नाकाबाट दुई युवतीको उद्धार, मानव बेचविखनमा संलग्न पाेखरेल पक्राउ

माघ १७, काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा पारी युवतीलाई भारत लैजाँदै गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।   

पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–४ का २१ वर्षीय सुदीपबाबु पोखरेल रहेका छन् ।   

पोखरेलले दुई युवतीलाई रोजगारीको प्रलोभनमा पारी भारत लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।   

Image result for दुई युवतीको उद्धार

उनका अनुुसार काभ्रेपलाञ्चोक घर भएका १६ र २२ वर्षीया ती दुई युवतीलाई उद्धार गरिएको छ भने पोखरेललाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा अनुसन्धान सुरु गरिएको छ। 

युवतीहरुलाई साना हातहरु नेपाल नामक संस्था र प्रहरीले संयुक्तरुपमा उद्धार गरेका हुन्। उद्धार गरिएका युवतीलाई सस्थाको संरक्षण गृहमा राखिएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *