सौराहाबाट प्रदेशको भ्रमण वर्ष शुभारम्भ (फोटो फिचर)

पुस १६, काठमाडौं । ३ नम्वर प्रदेश सरकारले नेपालकै तेश्रो तथा प्रदेशको दोश्रो पर्यटकीय गन्तव्य सौराहाबाट भ्रमण वर्ष २०२० को शुभारम्भ गरेको छ । सौराहाका बुधवार औपचारिक कार्यक्रम गरेर प्रदेश सरकारले भ्रमण वर्षको शुभारम्भ गरेको हो ।   

प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ लगायतका प्रदेशका मन्त्रीहरुले सयुक्त रुपमा भ्रमण वर्षको बेलुन उडाउनुका साथै प्रदेशको लोगो सार्वजनिक गरेर भ्रमण वर्षको शुभारम्भ गरेका थिए ।  सोही अवसरमा जिल्ला समन्वय समिति चितवनले जिल्लाका पर्यटीकय गन्तव्यलाई समेटेर तयार पारेको पर्यटन डकुमेन्ट्रीको समेत सार्वजनिक गरिएको थियो ।   

शुभारम्भ अघि सौराहाको हात्ती चोकदेखी गैडाचोक सम्म प्रदेशका विभिन्न जातजातिको संस्कृति प्रर्दशन गरिएको थियो । काठमाडौको ठमेलमा मंगलवार स्ट्रीट कल्चर डान्स कार्यक्रम गरेको प्रदेश सरकारले बुधवार सौराहामा औपचारिक कार्यक्रम गरेर भ्रमण वर्षको शुभारम्भ गरियो ।   

शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सभामुख श्रेष्ठले प्रदेश ३ नेपालकै उत्कृष्ट पर्यटकीय प्रदेश वन्ने दावी गरे । प्रदेश ३ भौगोलिक र सास्कृतिक विविधताले धनी छ सभामुख श्रेष्ठले भने – उत्कृष्ट गन्तव्य वनाउन साझेदारीमा काम गर्नुपर्छ ।   

प्रदेशका पर्यटन मन्त्री अरुण नेपालले प्रदेशको पर्यटन पूर्वाधारका लागि चालु आर्थिक वर्षमा १ अर्व ६५ करोड रुपैया विनियोजन गरेको वताए । दिगो पर्यटन विकासका लागि यो वर्ष पर्याप्त वजेट छ मन्त्री नेपालले भने – वृहत साझेदारीमा वातावरणलाई सन्तुलनमा राखी पर्यटनको विकास गर्नुपर्छ ।   

मन्त्री नेपालका अनुसार यस वर्ष प्रदेशले १० वटा हिल स्टेशन,१० वटा पर्यटन गन्तव्य पूर्वाधार निर्माण,११९ तहमा तीन तीन वटा गन्तव्य पहिचान गर्न लागेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले जिल्लाभर पर्यटन गतिविधी वढाएर भ्रमण वर्षमा ४ लाख पर्यटक भित्र्याउने योजना रहेको वताए ।   

कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराई, प्रदेशको पर्यटन मन्त्रालयका सचिव शिवकुमार वाग्ले लगायतले मन्तव्य राख्दै भ्रमण वर्ष सफल वनाउनु पर्नेमा जोड दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =