खैरहनिमा गाँजासहित तीन जना पक्राउ

पुस २५ चितवन । पूर्वीचितवनको खैरहनीमा अवैध लागुऔषध गाँजा सहित तिन जना पक्राउ परेका छन् । खैरहनी नगरपालिका वडा नम्बर २ बाट प्रहरीले गाँजा सहित शिव कुमारी श्रेष्ठ, बिशाल परियार र सुदिप दमाईलाई गए राती पक्राउ गरेको हो । 

अवैध लागुऔषध गाँजा बिक्रीवितरण हुने गरेको सूचनाको आधारमा खटिएको प्रहरीले खैरहनी नगरपालिका वडा नम्बर २ स्थित विशाल परियार र शिव कुमारी श्रेष्ठको घरमा लुकाई राखेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।   

श्रेष्ठको घरबाट प्रहरीले १ किलो ८ सय ग्राम गाँजा बरामद गरेको र परियारको घरबाट ९ सय ग्राम गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बिशाल परियारको घरमा रहेका सुदिप दमाईलाई समेत प्रहरीले पक्राउ गरेको हो ।   

पक्राउ परेका सबैलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाइएको इलाका प्रहरीले कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twelve =