राजीनामा दिइन् प्रदेश २ की राज्यमन्त्री झाले

काठमाडौं । मंगलबार प्रदेश २ की  एक राज्यमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएकी छिन् ।  राजपा नेपालबाट राज्यमन्त्री बनेकी प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झाले एक विज्ञप्ती जारी गर्दै  राजीनामा दिएकी हुन् ।   

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीको काम कारवाहीबाट असन्तुष्ट भएर मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेको चर्चा चलिरहँदा डा झाले राजीनामा दिएकी छिन् ।   

उनले जारी गरिएको विज्ञप्तीमा प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा र जोगाउन लामो समयदेखि प्रयास गरेपनि अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पदबाट राजीनामा दिएको उल्लेख गरिएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *