धार्मिक संस्कार कम खर्चिलो बनाउन सामुहिक रूपमा ब्रतबन्ध र गुन्युचोली

माघ १४, धरान । धरानमा सामुहिक ब्रतबन्ध गुन्युचाेली, वेल विवाह तथा छेवर गरिएकाे छ । हिन्दु संस्कारमा सन्तान्तको वैदिक विधि अनुसार गराउनु पर्ने कर्महरू ब्रतबन्ध, बेल विवाह, छेवर, गुन्युचोली जस्ता धार्मिक संस्कार आयोजना गर्दै आएको विजयपुर आध्यान्तिक मञ्चले धरान स्थित पिण्डेश्वर मन्दिरमा सामुहिक ब्रतबन्ध तथा छेवर गरेकाे हाे । सामुहिक ब्रतवन्ध तथा छेवरमा धरान र धरानबाहिरका दर्जनाै बालक तथा किशाेरकाे सहभागिता रहेकाे थियाे ।   

हिन्दु धर्मसंस्कारका विविन्न धार्मिक कर्मलाइ कम खर्चिलाे बनाउन मञ्चले हरेक वर्ष सामुहिक कार्यक्रम गर्दै आएकाे छ । मञ्चका महासचिव उद्धव प्रसाद अधिकारीले हिजाे सोमबार पिण्डेश्वर मन्दिर परिसरमा वृहत सामुहिक ब्रतबन्ध, छेवर कार्यक्रम आयोजना गरेको बताए ।   

आफना सन्तानको ब्रतबन्ध लगायत धार्मिक अनुष्ठान शहरी क्षेत्रमा महंगो हुँदै गएकोले कम खर्चमा संस्कार बचाउन सामुहिक ब्रतबन्धको चलन मञ्चले धरानमा २०४८ साल देखि चलाउँदै आएको छ । मञ्चले सामुहिक धार्मिक अनुष्ठानलाई प्रोत्साहित गर्न ‘फजुल खर्च नगरौं, मितव्ययी बनौं, सामुहिक संस्कार कार्यक्रममा सहभागी बनौं’ भनि विभिन्न धार्मिक अनुष्ठान हरेक वर्ष आयोजना गर्दै आएको छ ।   

यसपटक सामुहिक ब्रतबन्ध कार्यक्रमको तयारीका लागि कार्यक्रम संयोजक पंकज घिमिरे सहितको १ सय ५१ सदस्य मुल आयोजक समिति समेत गठन गरिएकाे थियाे । धार्मिक अनुष्ठानलाई थप व्यवस्थित बनाउन मुल समिति अन्तर्गत विभागिय समितिहरु समेत गठन गरिएको समितिका सचिवमा कमल भट्टराईले जनाए ।   

विभागिय समितिहरुमा प्रचार-प्रसार संयोजक दुर्गा काफ्ले, पूजा मण्डप सजावट संयोजक हरिकुमार ढकाल, पूजा व्यवस्थापन संयोजक शुभद्र भण्डारी, भण्डार व्यवस्था संयोजक हिम प्रसाद ओझा, स्वयम सेवक परिचाल संयोजक अरुणा पोखरेल, आवास व्यवस्था संयोजक भुपध्वज बुढाथोकी, जनसम्पर्क संयोजक प्रेमप्रसाद पाण्डे, अनुगमन मुल्याङ्कन संयोजक धरान वडा १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई राखिएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =