नेपाल भ्रमण वर्ष २०२० को मस्कट ‘रहस्यमय र जादुमय यति’

माघ ५, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ईस्वी संवत् २०२० को पहिलो दिन दशरथ रंगशालामा आयोजित नेपाल भ्रमण वर्ष २०२० अभियानको उद्घाटन समारोहमा अभियानकोे मस्कट ‘रहस्यमय र जादुमय यति’ सार्वजनिक गरेकी थिइन् ।   

नेपाल र सगरमाथा जस्तै नेपाल र ‘यति’ लाई पनि पर्यायको रूपमा परिचित गराउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष २०२० बोर्डले अभियानको मस्कटको रूपमा ‘यति’ को छनौट गरेको थियो । नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८ वटा यतिको अभूतपूर्व प्रतिमाको विविध स्वरूप तयार गरिरहेका छन् । 

एउटै उद्देश्य प्राप्तिका लागि एक सय जनाभन्दा बढी नेपाली कलाकारहरू एउटै समूह बनाएर यस योजनामा काम गरिरहेका छन् । समावेशी र समग्र नेपाललाई प्रतिनिधित्व गर्ने उक्त योजनामा जातीय, क्षेत्रीय, परम्परा र संस्कृतिका हिसाबले विविधता रहेको छ । 

यस आयोजनाका लागि समाजको विभिन्न क्षेत्र जस्तै साना र मझौला व्यवसाय, व्यक्ति र संस्था, होटेल, रेष्टुरेण्ट, ट्राभल एजेण्ट्स, वायुसेवा, बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय संस्था र संग्रहालयहरूबाट आर्थिक सहयोग प्राप्त भएको छ । 

पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, नेपाल भ्रमण वर्ष सचिवालयका राष्ट्रिय संयोजक सुरज वैद्य, यति कला समूहका प्रेम प्रभात गुरूङ्ग, कुमुदिनी गुरूङ्ग श्रेष्ठ र आङ्ग छिरिङ्ग शेर्पा र अझ भन्नुपर्दा यस किसिमले यतिको उपयोगलाई निर्णायक बनाउन अहम् भूमिका खेल्नेहरूको प्रयासले यो आयोजना संभव भएको हो ।   

यतिका कलात्मक प्रतिमाहरू पूर्ण रूपमा तयार भएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय सार्वजनिक स्थलहरूमा प्रदर्शनका लागि राखिने छन् ।     

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *