मौसमः देशका यी ठाउँहरुमा वर्षा र हिमपात, सतर्कता अपनाउन अनुरोध

पुुस १९, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशभर आंसिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । 

मौसम बदली सँगै हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।   

आगामी तीन दिनको मौसम पूर्वानुमान   

पौष १९  गते (शनिबार) 

दिउँसो: देशको मध्य तथा पुर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी तराईका भू-भागमा आंसिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुन सक्ने साथै पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । 

राती: देशको मध्य तथा पुर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी तराईका भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षार हिमपातको संभावना रहेको छ । 

पौष २०  गते (आइतबार) 

दिउँसो: देशको पुर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंसिक बदली रहनेछ। बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ। 

राती: देशको पश्चिमी भू-भाग लगायत मध्य पहाडी भू-भागमा आंशिक बदली रहने संभावना छ, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

पौष २१  गते (सोमबार) 

दिउँसो: देशको पश्चिमी भू-भागमा आंसिक देखि सामान्य बदली रहने साथै मध्य तथा पुर्वी भू-भागमा  आंशिक बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।   

रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली रहि मध्य तथा पुर्वी भू-भागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *