धरानमा भूकम्प सुरक्षा दिवस मनाईयो

माघ २, घरान । भूकम्पबाट सुरक्षीत पूर्वाधार दिगो सुख समृद्धिको आधार’ भन्ने नाराका साथ बिहिबार धरानमा भूकम्प सुरक्षा दिवस मनाईंएको छ ।
विक्रम संवत १९९० साल माघ २ गते गएको भूकम्पको समयलाई स्मरण गर्दै तथा बिक्रम संवत २०७० साल वैशाख १२ गतेको भूकम्पबाट भत्किएका संरचनाको पुर्ननिर्माण तथा नवनिर्माणको जिम्मा पाएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले पुर्ननिर्माण सम्बन्धी महाअभियान सुरु गरे देखी नै देशैभर यो दिवस हरेक स्थानीय तहले मनाउदै गर्दै आईरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिदैँ धरान उपमहानगरपालिकाले पनि अभियान अर्न्तगत रहेर आज भुकम्प सुरक्षा दिवस मनाएको हो । दिवसको अवसरमा धरान उपमहानगरपालिकाले धरान भरीका बिभिन्न संघसंस्था तथा बिषेश ब्यत्तित्वहरुको उपस्थितीमा धरान बजार परिक्रमा गरी र्याली नै निकाली सो दिवस मनाएको हो ।

र्यालीमा धरानका मेयर तिलक राईका साथै धरान उपमहानगरपालिकाका कर्मचारी, नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधहरु,भवन निर्माण व्यवसायका प्रतिनिधी, व्यापारी, बुद्धिजीवी,बिभिन्न विद्यालयका विद्यार्थी लगायतका सहभागीता रहेको थियो ।
बिहान साढे ८ बजेबाट सुरु भएको सो र्याली ९ बजेसम्म चलेको थियो भने धरानको बिभिन्न भाग परिक्रमा गरी पुन धरान उपमहानगरपालिकाको प्राङगनमा आई कोण सभामा परिणत भई समापन भएको थियो
यसैबीच राष्ट्रिय र अन्तराष्ट्रिय समुदाय समेतलाई विश्वासमा लिएर आउँदो वैशाख १२ गतेसम्ममा भूकम्प प्रभावित हरेक गाविस र स्थानीय नगरपालिकामा पुर्ननिर्माण काम सुरु गरिसक्ने योजना नेपाल सरकारले समेत अघि सारेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा यही माघ २० गतेदेखि घर निर्माण सुरु गर्ने लक्ष्यका साथ काम अघि बढाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले भवन क्षति सर्भेक्षणका लागि आगामी १० दिनभित्र ५ सय जना र एक महिनाभित्रमा एक हजार ५ सय जना इञ्जिनियरलाई गाउँ-गाउँमा पठाउने तयारी पनि गरेको छ ।
नेपाल भूकम्पको जोखिमका हिसाबले विश्वको ११ औ जोखिमपूर्ण देशमा पर्छ । नेपालमा हरेक ८० देखि एक सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टर स्केलको भूकम्प जाने गरेको पाइएको छ ।








