पोखरामा टिभीएस मोटर कम्पनीद्वारा टिभीएस एनटर्क १२५ रेस एडिसन सार्वजनिक

पुस १७, पोखरा । टिभीएस मोटर कम्पनीले आज पोखरामा टिभीएस एनटर्क १२५ रेस एडिसन सार्वजनिक गरेको छ । 

यो रेस एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ ।   

स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै “रेस इडिसन” ले टिभीएसको रेसिङ पेडिग्रीलाई झल्काउछ । यो स्कुटर तीन संयोजन– म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको छ । 

टिभीएस एनटर्क १२५, नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित छ । यो स्कुटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ । टिभीएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेशल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्न सक्छन् ।   

टिभीएस एनटर्क १२५ रेस एडिसन कार्यक्रममा स्वस्तिमा खड्का, टिभीएस एनटर्क १२५ की ब्राण्ड एम्बेसेडर र जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले पोखराका पहिलो १० जना ग्राहकहरुलाई टिभीएस एनटर्क १२५ रेस एडिसन हस्तान्तरण गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *