निर्भयाकी आमा भन्छिन्, ‘मेरी छोरीको हत्यामा लगातार खेलवाड भइरहेको छ’

माघ ३, काठमाडौं । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले शुक्रवार निर्भया बलात्कार तथा हत्याका एक दोषी मुकेश कुमारले दिएको याचिका खारेज गरिदिएका छन् । गृह मन्त्रालयले कोविन्दसमक्ष मुकेशको याचिका खारेज गर्न सिफारिस गरेको थियो । मुकेशले राष्ट्रपतिसमक्ष मंगलबार दया याचिक पठाएका थिए ।   

यसैबीच दोषीहरुइ दिइएको फासीको सजाय अड्काएको भन्दै निर्भयाकी आमा आशा देवी रुष्ट बनेकी छिन् । उनले भनिन्, ‘ मेरी छोरीको हत्यामा लगातार खेलवाड भइरहेको छ ।’ दिल्लीको पटियाला हाउस अदालतले चारै दोषीलाई २२ जनवरी बिहान ७ बजे फासीको सजाय दिने आदेश दिएको थियो ।   

पीड़ित की अमाको प्रधानमन्त्री मोदीसमक्ष यस्तो अपिल   

Image result for निर्भयाकी आमा

आशा देवीले भावुक अपिलमा भनेकि छिन्, ‘जो व्यक्ति २०१२ मा झण्डा लिएर प्रदर्शन गरिरहेका थिए, उनीहरुनै आज यसैमा राजनीति गरिरहेका छन् । घटनापछि मानिहरुले कालो पट्टि बाँधे, नारा लगाए तर आज त्यही मानिस ती बालिकाको हत्याको घटनामा खेलवाड गरिरहेका छन् । आज फासीलाई रोकिरहेका छन् र राजनीतिलाई खेलिरहेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले २०१४ मा भनेका थिए ‘धेरै भयो नारीमाथी अत्याचार, अबको समय मोदी सरकार’ (बहुत हुआ नारी पर वार, अबकी बार मोदी सरकार)। फासी दिएर सन्देश दिनुस् कि तपाई महिलाहरुलाई सुरक्षा दिन सक्नु हुन्छ । देशको सुरक्षा पनि गर्न चाहनु हुन्छ ।’   

निर्भया केसको अहिले अवस्था   

पटिायाला हाउस अदाालतले ७ जनवरीमा निर्भयाका चारैजना दोषी अक्षय, पवन, मुकेश र विनयविरुद्ध डेथ वारेन्ट जारी गरेको थियो । २२ जनवरी बिहान ७ बजे तिहाड जेलमा फासीमा चढाउन आदेश दिइएको थियो । यसपछि दुई दोषी मुकेश र विनयले सर्वाेच्च अदालतमा क्यूरेटिव पिटीशन दायर गराएका थिए । सर्वाेच्च अदालतले १४ जनवरीमा याचिका खारेज गरेको थियो । एक दोषी मुकेशले १४ जनवरी मै राष्ट्रपतिसमक्ष दया याचिका पठाएर उच्च अदालतबाट फासीको सजाय रद्द गर्न माग गरेका थिए । उच्च अदालतले उसको याचिकालाई रद्द गर्दै तल्लो अदालतमा निवेदन दायर गर्न भनेको छ ।   

त्यहीं दिल्ली सरिकारले दया याचिका खारिज गर्न सिफारिस गर्दै उपराज्यपाल अनिल बैजलसमक्ष पठाएको थियो ।  उपराज्यपालले पनि केन्द्रीय गृहमन्त्रालय समक्ष मुकेशको दया याचिका खारिज गर्न सिफारिस गरेको थियो ।   

एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *