नेकपाका नेताको जन्मदिनमा रक्तदान

पुस २६, धरान । देशभरमा भईरहेको रगत अभावलाई मध्यनजर गर्दै आफ्नो जन्मदिनको अवसरमा सत्तारुढ नेकपाका एक नेताले रक्तदान गरेका छन् ।   

सुनसरीको धरानमा नेकपाका जिल्ला सदस्य तथा धरान नगरका युवा नेता फोक्सुहाङ मेन्याङवो (चोत्लुङ) ले आफ्नो ३४ औं जन्मदिनको अवसर पारेर आज शनिबार रक्तदान गरेका हुन् ।   

सो अवसरमा रगतको अभावमा धेरै मानिसले अकालमा ज्यान गुमाउनु परेको प्रसंग उल्लेख गर्दै नेता चोत्लुङले सबैलाई आ–आफनो जन्म दिनमा रक्तदान गर्न आग्रह गरे । 

बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको नेपाल रेडक्रम सोसाईटीको शाखा अगाडी गरिएको सो रक्तदान कार्यक्रममा २८ प्रिण्ट रगत संकलन भएको नेता चोत्लुङले जानकारी दिए । उनले गत बर्षको जन्मदिनमा पनि यसरी नै रक्तदान गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =