अभिनेत्री प्रियंका फेरी पहिरनकै कारण ट्रोलको शिकार

माघ १४, काठमाडौँ । पहिरनको कारणले बारम्बार ट्रोलको शिकार हुने भारतीय अभिनेत्री प्रियंका चोपडा फेरी यस पटक पनि  पहिरनकै कारण ट्रोलको शिकार बन्न पुगेकी छिन् ।   

आइतबार भएको ग्रामी अवार्ड २०२० मा सभागी हुन जानुभन्दा अघी उनले सामाजिक संजाल मार्फत आफ्ना केही तस्बिरहरु सार्वजनिक  गरेपछी उनीमाथी ट्रोलको वर्षा सुरु भयो ।   

उनले उक्त कार्यक्रममा सहभागी हुनलाई  सेतो गाउनको हाइलाइट भनेको यसको ‘एक्स्टा लङ्ग नेकलाइन’ । उक्त नेकलाइन उनको नाभीसम्मै पुगेको  तस्बिर जब उनले सामाजिक संजाल इन्स्टाग्राममाबाट सेयर गरिन् तब उनलाई ट्रोलको वर्षा हुन थाल्यो ।   

यस पहिरनमा उनलाई  थुप्रै प्रयोगकर्ताले  उनको अहिलेसम्मकै सबैभन्दा भद्दा पहिरन समेत  भने । एकजनाले लेखेका छन्, ‘अरे, यस्तो विघ्न क्लिभेज कसले देखाउँछ यार।।।’ यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईं निकै सुन्दर हुनुहुन्छ तर यो पहिरन तपाईंलाई फिटिक्कै सुहाएन ।’ अर्का प्रयोगकर्ताले लेखे, ‘भुइँमा लत्रिएको जुन कपडा छ, त्यसले आफ्नो फ्रक पूरा गर बहिनी।।।’ 

तर केही मानिसहरुले प्रियंकालाई ट्रोल गरेकोमा आफ्नो रोष पनि व्यक्त गरेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘यदि एक पुरुषले आफ्नो शरीर देखाए त्यो ठिक हुन्छ तर महिलाले देखाए भद्दा रु साँच्चै नै।।। मेरो उमेरका मानिसहरु पागल छन् । उनलाई जे मन लाग्छ, त्यो लगाउन देउ ।’ 

आफूलाई  यस लुकमा जेनिफर लोपेजको लुकसँग दाँजेकी प्रियंका जब उक्त अवार्ड प्रोग्राममा श्रीमान  निक जोनससँगै  प्रवेश गरिन् उनको यस लुक्सलाई विभिन्न अन्तर्राष्ट्रिय फेशन आइकनलाई निकै मन पराए भने कतिले उनकाे यही पहिरनको ट्रोल  गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =