२२ दिन पर धकेलियो नेकपा केन्द्रीय समितिको बैठक
२०७६ पुस २० गते

पुष २०, काठमाडौं । डेढ वर्षदेखि बस्न नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष २३ गते बस्स्ने भनिएको नेकपा केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । आईतबार बसेको नेकपा सचिवालय बैठकले केन्दीय कमिटीको बैठक अब माघ १५ गते बस्ने निर्णय गरेको हो ।
आज बसेको सचिवालय बैठकले आवश्यक तयारी नपुगेको भन्दै केन्द्रीय कमिटी बैठक २२ दिन पर सारेको हो ।
यसअघि पुस ६ गते सकिएको स्थायी समिति बैठकले पुस २३ गतेबाट केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको थियो ।

२०७६ पुस २० गते
प्रतिक्रिया
सम्बन्धित








