राष्ट्रियसभा निर्वाचन : ९५ प्रतिशत मत खस्यो

काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि बिहीबार सातै प्रदेशमा निर्वाचन भइरहेको छ। 

निर्वाचन आयोगकाका अनुसार हालसम्म सातै प्रदेशमा गरी ९५ प्रतिशत मत खको छ। मतदानका लागि  बिहान १० वजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ। 

निर्वाचनमा ५५० प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुख एक हजार ५०६ गरी कूल दुई हजार ५६ मतदाता छन्। निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेद्वार प्रतिस्पर्धामा छन्।   

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका प्रमुखरउपप्रमुखको मतभार १८ रहेको छ। 

राष्ट्रिय सभाका १९ जनाको पदावधी फागुन २० गतेबाट सकिँदैछ। जसमध्ये एक जना राष्ट्रपतिले मनोनित गर्नेछिन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 9 =