जेनेरल हस्पिटलले बाल रोगसम्बन्धि २४ घण्टा सेवा प्रदान गर्ने
२०७६ पुस १८ गते

पौष १८ , विराटनगर । जेनेरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टरले बाल रोग सम्बन्धि २४ घण्टा सेवा प्रदान गर्ने भएको छ ।
विराटनगरस्थित घोका पुलचोकमा रहेको उक्त हस्पिटलमा मेडीकल डाइरेक्टर बालरोग विशेषज्ञ डा। फडेन्द्र शाहले ओ पि डि बिहान ९ः ३० देखि ५ बजेसम्म र अन्य समय पनि उपचारका लागि सेवा प्रदान गर्ने हस्पिटलका मेनेजिङ डाइरेक्टर दिपक रोयले जानकारी दिए ।
बच्चाको विषय अत्यन्तै संवेदनशील भएकाले विषेशगरी बालबालिकाहरुको उपचारलाई मध्यनजर गर्दै २४ घण्टा सेवा दिन लागेको रोयको भनाई छ ।

डाक्टर फडेन्द्र शाहले अस्पतालमा बालबालिकाका लागि स्वास्थ्य उपचार सेवासँगै अस्पतालको मेडीकल तर्फ साथै अस्पतालको अन्य व्यवस्थापनको पनि कार्यभार समाल्ने रोयले जानकारी दिए ।
२०७६ पुस १८ गते
प्रतिक्रिया
सम्बन्धित








