सुनसरीमा छोराको खुकुरी प्रहारबाट आमा घाइते
२०७६ माघ ९ गते

माघ ९, सुनसरी । गएराती सुनसरीमा एक छोराले आफ्नै आमालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।
रातको करिब १०ः३० मा सुनसरीको ईटहरी–२ हवाइ चोकमा स्थानिय १८ वर्षीय पारस कार्कीले खुकुरी प्रहार गरी आफ्नै आमालाई घाइते बनाएका हुन् ।
प्रहरीका अनुसार सामान्य घरायसी विवादमा पारसले ३६ वर्षीया आमा कविता कार्कीलाई शरीरको विभिन्न भागमा खुकरी प्रहार गरी घाईते बनाएका थिए ।
छोराको खुकुरी प्रहारबाट घाइते भएकी कविताको उपचार नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने पारसलाई खुकुरीसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०७६ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित








