ओली-प्रचण्ड बालुवाटारमा, सभामुखको टुङ्गो लाग्ला त ?

पुष २१, काठमाडौँ । सभामुखको टुङ्गो लगाउन अहिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको छ ।   

बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको छलफलमा ओली र प्रचण्डका साथै नेकपाका महासचिव विष्णु पौडेल पनि सहभागी छन् ।   

स्रोतका अनुसार ओली र प्रचण्डबीच सभामुख बाहेक प्रदेश ३ को राजधानी र नामाकरण तथा वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय सदस्य बढाउनुपर्ने भनेर दिएको अभिव्यक्तिका बारेमा समेत छलफलहुने बताइएको छ ।   

नेता नेपालले आइतबार धनगढी पुगेर तत्कालीन एमालेका उपाध्यक्ष भीम रावल र अष्टलक्ष्मी शाक्यलाई सचिवालयमा ल्याउनुपर्ने बताएका थिए । 

नेकपाले सभामुखबारे निर्णय गर्न नसक्दा संसद नै बन्धक बनेको भन्दै पार्टीभित्रै आलोचना भइरहेका बेला सोमबार यी दुई नेता घनिभूत छलफलमा जुटेका हुन् । नेकपाले सभामुख आफुले लिएर उपसभामुख अन्य दललाई प्रस्ताव गर्ने तयारी गरेपनि उपसभामुख शिवमाया तुम्वाहाङफेले राजीनामा नदिएकाले संसद बैठक पटकपटक सर्दै आएको छ ।   

पुस ४ गते सुरु भएको प्रतिनिधि सभा बैठक सुचना टाँसेर दुई पटक स्थगित भैसकेको छ ।   

पूर्व माओवादी समुहले अध्यक्ष प्रचण्डमार्फत पूर्व सहमति तोड्न नहुने भन्दै पूर्व माओवादीबाटै सभामुख बन्नुपर्ने दवाव दिइरहेका छन् । पूर्व माओवादी समूहबाट अग्नि सापकोटा,देव गुरुङ र पम्फा भुसाल उम्मेदवारका रुपमा चर्चामा छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =