नेपाल–भारत सीमा क्षेत्रमा गाेली चल्याे

पुस २७, काठमाडौँ । नेपाल–भारत सीमा क्षेत्रमा शनिबार करिब ४५ मिनेटसम्म गोली चलेको छ । भारतको सशस्त्र सीमा बल (एसएसबी) का एक जवानले एकोहोरो गोली चलाएका हुन् । 

भारतको बिहार राज्यस्थित किशनगञ्जमा पर्ने दिघलबैंक थाना क्षेत्र अन्तर्गत पिल्टोला सीमा क्षेत्रमा तैनाथ ती एसएसबी जवानले आफ्नै चौकीभित्र धन्धाधुन्ध गोली चलाएका हुन् । 

अजयकुमार झा नाम गरेका प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार दिउँसो करिब ३ बजे अभय कुमार नाम गरेका एक जवानले इन्सास राइफलबाट गोली चलाउन सुरु गरेका थिए । 

Image result for नेपाल–भारत सीमा क्षेत्रमा गाेली चल्याे

एक्कासी गोली चल्न थालेपछि एसएसबी क्याम्पभित्र आतङ्क फैलिएको थियो । करिब ४५ मिनेटसम्म उनले गोली चलाइरहेको बताइन्छ । उनले ‘हवाइ फायर’मात्र गरेका कारण कुनै मानवीय क्षति नभएको बताइएको छ । यद्यपि उनले २०० राउन्डभन्दा बढी गोली चलाएका थिए । 

उनलाई सुभाष चन्द नेगी नेतृत्वको एसएसबी टोलीले नियन्त्रणमा लिएको छ । उनी मानसिक रुपमा स्वस्थ्य नरहेको जनाइएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 10 =