प्रहरी नियन्त्रणमा रहेकी आस्थाले भनिन्, ‘कानूनभन्दा माथि कोही छैन, म पनि छैन’

माघ १३, काठमाडौँ । अभद्र व्यवहार मुद्दामा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतले कानूनभन्दा माथि कोही पनि नरहेको बताएकी छिन् ।   

उनले आफु कानूनलाई सहयोग गर्न आएको बताँउदै भनिन्, ‘कानूनभन्दा माथि कोही पनि छैन, म पनि छैन । कानूनका हिसाबले सजाय हुन्छ, त्यो सहर्ष स्वीकार गर्छु ।’ 

गायिका राउतलाई अहिले सरकारी वकिलको कार्यालय लगिएको छ । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले  गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =