पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्वपूर्ण आयाम हो : मुख्यमन्त्री राई

पुष १६ विराटनगर । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले देशमा गरिबी निवारण रोजगारी सृजना र समावेशी विकासको दृष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्वपूर्ण आयाम भएको बताएका छन् ।
प्रदेश राजधानी विराटनगरको रंगशालामा बुधबार नेपाल भ्रमण वर्ष २०२० को उद्धघाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश नं १ लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा गुणस्तरिय पर्यटन गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यसहित भ्रमण वर्षको शुभारम्भ गरेको बताए ।
भ्रमण वर्ष सफल बनाउन प्रदेश १ मा ५ लाख पर्यटन भित्रयाउने लक्ष्य रहेको राईको भनाई छ । उनले भने प्रदेश सरकारले आफ्नो आवधिक योजना मार्फत हाल यस प्रदेशमा पर्यटन क्षेत्रले कुलग्रास्त उत्पादनमा पु¥याएको १.९३ प्रतिशतको योगदानलाई आगामि ५ वर्षमा ५ प्रतिशत पु¥याउने बताए । उनले भने,‘प्रत्यक्षरुपमा ३२ हजारलाई दिईरहेको रोजगारीको संख्यालाई तेब्बर बनाउने लक्ष्यका साथ भ्रमण वर्ष सफल बनाउन प्रदेश सरकारले संघीय सरकार र स्थानिय सरकारसँग सहकार्य गरेको छ ।’

प्रदेश १ भौगोलिक विभिधतासहितको संगम स्थल रहेको बताएँदै उनले भौगोलि, सामाजिक, जैविक, धार्मिक साथै सांस्कृतिक हिसाबले धनि रहेको भनाई छ । मुख्य मन्त्रि राईले भ्रमण वर्ष २०२० लाई विश्वस्तर, राष्ट्रियस्तर, तथा प्रदेशस्तरमा प्रचारप्रसारगरी अनुपम प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटकिय गन्तव्यको रुपमा विश्व बजारलाई चिनाउन आग्रह समेत गरेका छन् ।
त्यस्तै कार्यक्रममा भारत पश्चिमवंगाल सिलीगुडीका ग्रामीण पर्यटन अभियन्ताका रुपमा चर्चित राज बासुले भ्रमण वर्षले दुई देशबीच पर्यटनको दायरा फराकिलो बनाउने बताए ।
भारतको गान्धी पर्यटन पुरस्कार २०१९ बाट पुरस्कृत र नेपाल भ्रमण वर्ष सन् १९९८ मा सम्मानित बासुले ग्रामीण पर्यटन प्रवद्र्धन निश्चित स्थानमा रेडपाण्डा सर्किट, लालीगँुरास सर्किट, हात्ती सर्किट बनाउन सकिनेमा जोड दिए ।
उक्त कार्यक्रमको अवसरमा ९ जनालाई प्रदेश सरकारले पर्यटन सद्भावना दूतका रुपमा नियुक्त गरेको छ ।








