अस्ट्रेलियामा सुख दुखः साँझ हुने

माघ १०, काठमाडौं । दुखी पिडितहरुको सहयोगार्थ अस्ट्रेलियामा सुख दुखः साँझ हुने भएको छ । एइसी माइग्रेसन एण्ड एजुकेशनको प्रस्तुतिमा यहि ९ फेब्रुअरीमा हुन गइरहेको सुख दुखः साँझ कार्यक्रममा चर्चित गायक विजय लामा, शिशिर भण्डारीसमेत आउने भएका छन् ।  

 कार्यक्रम संयोजक समेत रहेका एइसी माइग्रेसन एण्ड एजुकेशनका डाइरेक्टर होम दवाडीले नेपालमा रहेका गरिब दुखी तथा असहायहरुको सहयोगार्थ सांगितिक कार्यक्रम गर्न लागिएको बताए । ‘उच्च शिक्षाका लागि अस्ट्रेलिया गएका नेपालीलाई सांगितिक मनोरञ्जन प्रदान गर्न र नेपाली गीत संगितलाई प्रवद्र्धन गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।’ कार्यक्रमका होस्ट समेत रहेका दवाडीले भने ।   

एइसी माइग्रेसन एण्ड एजुकेशनले अस्ट्रेलियामा रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्न र नेपाली गीत संगितलाई अन्तराष्ट्रिय बजारमा प्रर्वद्धन गर्नका लागि समयसमयमा सांगितिक कार्यक्रमलाई स्पोन्सर्स गर्दै आइरहेको छ । नेप्को इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रमको स्थान केहि समयमै तय गरिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =