चर्चित अभिनेत्री शबाना आजमी कार दुर्घटनामा परिन्ः उनका ड्राइभरबिरुद्ध मुद्दा दर्ता

माघ ५, काठमाडौँ । भारतका पुराना चर्चित अभिनेत्री  शबाना आजमी कार दुर्घटनामा परेकी छिन् ।   

शनिबार मुम्बई–पुणे एक्सप्रेसवेमा उनको कार ट्रकसँग ठोक्किँएर दुर्घटना भएको हो ।  दुर्घनापछी ट्रक ड्राइभरले आजमीको ड्राइभर अमलेश कामत विरुद्ध अत्याधिक तीब्र गतिले कार चलाएको कारण दुर्घटना हुन पुगेको  भन्दै मुम्बईको खालापुरमा मुद्दा दर्ता गराएका छन् ।   

ट्रक ड्राइभरले भने  ‘शबानाका ड्राइभरले तीब्र गतीमा गाडी चलाइरहेका थिए । गाडीले ट्रकलाई ठक्कर दिएको थियो । उनको लापरवाहीका कारण दुर्घटना भएको हो ।’ 

Image result for अभिनेत्री शबाना आजमी

उक्त दुर्घटनामा परेर शबाना घाईते भएको भारतीय मिडियामा उल्लेख गरिएको छ । अस्पतालका एक शीर्ष अधिकारीले उनलाई उपचारका लागि मुम्बईको कमोठे स्थित महात्मा गान्धी मिशन मेडिकल कलेज एण्ड हस्पिटल पुर्‍याइएको र पछि उनलाई अंधेरीको कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा रिफर गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + three =