गणेशमान सिंह स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिता अर्को महिना

पुष १७, ललितपुर । ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता माघ २ गतेदेखि हुने भएको छ । 

प्रतियोगितामा विभिन्न १२ टिमका करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष विनोद महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।   

कराते, उसु, बक्सिङ, तेक्वान्दो, आईटीएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, मुवाँथाई, किक बक्सिङ र तीन विभागीय टोली ९आर्मी÷प्रहरी÷एपीएफ० को सहभागिता रहने छ । 

null

पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुने छ । प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ८–८ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ ।  टिममा शीर्ष स्थान हात पार्नेलाई १ लाख र दोश्रोलाई ५० हजार नगद पुरस्कार दिइने छ । 

आयोजक संघका संरक्षक एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनले विगतको भन्दा प्रतियोगिता भब्य र व्यवस्थित हुने बताए । तीनदिने प्रतियोगिताका खेलहरु चापागाउँस्थित प्याङगाउँचौरमा हुने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =