माग्ने बुढा परे ट्राफिक कारवार्हीमा

माघ ८, काठमाडौँ । बुधबार बिहान ललितपुरमा हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । 

 सिट बेल्ट नलगाइ कार चलाएपछी उनी ललितपुरकाे ग्वार्कोमा ट्राफिक प्रहरीकाे कारवारहीमा परेका हुन् । उनलाई  ट्राफिक प्रहरीले  चिट काटेर कारबाही गरेहो हो ।   

घिमिरेलाई  यातायात व्यवस्था ऐनको प्रावधानअनुसार ५ सय रुपैयाँ जरिवाना गरिएको छ । 

Image result for माग्ने बुढा

यसै क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका घिमिरेले उनलाई कारवाही गर्ने  ट्राफिक प्रहरी जवानले  मिठो बोली, वचन गरेको बताउँदै महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवाद समेत दिएका छन् । 

उनले भने ‘मैले सिट बेल्ट लगाउन बिर्सिएछु । ट्राफिक भाइले तपाईंलाई कारबाही गर्छु है। भनेर मिठोसँग भन्नुभयो,’  ‘आफैं लाइसेन्स दिउँ दिउँ लाग्नेगरी बोल्नु भएपछि मैले पनि हुन्छ भनेँ । ’ 

उनले उक्त प्रहरी जवानसँग फेरी भेटगर्ने ईच्छा गरेपछी उनको भेट उनलाई कारवाही गर्ने  उक्त ट्राफिक प्रहरी जवान सन्तोष चौधरीलाई सँग भेट गराईएको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =