जनप्रतिनिधि र प्रहरीको समन्वयात्मक प्रयासवाट सुरक्षा सुदृढ गर्न सकिन्छः डीआईजी पोखरेल

पुस २३, काठमाडाैँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले जनप्रतिनिधि र प्रहरीको समन्वयात्मक प्रयासवाट सुरक्षा सुदृढ गर्ने सकिने बताएका छन् ।
महानगरीय प्रहरी बृत्त कीर्तिपुरको आयोजनामा समुदाय प्रहरी साझेदारी अन्तर्गत सुरक्षा सुदृढीकरण सम्बन्धि अन्तक्रिर्यातमक जनचेतनामूलक कार्यक्रम तथा ट्राफिक उज्यालो अभियानमा बोल्दै डीआईजी पोखरेलले जनप्रतिनिधि र प्रहरीको भुमिकाले शान्ति सुरक्षा सुदृढीकरणमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिने बताएका हुन् ।
डिआईजी पोखरेलले भने, ‘अब प्रहरी थप परिस्कृत र परिमार्जित भएर अगाडि बढ्छ, सिमित स्रोत र साधनका बावजुत पनि प्रहरी शान्ति सुरक्षाका बिषयमा गम्भीर भएर लागेको छ जुनसुकै अपराधीक घटना रोक्न विशेष खालको सुरक्षा अवधारणा लागू गराउन म लागेको छु ।’

कार्यक्रममा ट्राफिक महाशाखा प्रमुख एसएसपी भिम ढकालले आम नागरिकको बिश्वास जितेर थोरै जनशक्ति भए पनि ट्राफिक उज्यालो अभियान अन्तर्गत ६० हजारलाई सचेतना दिई सकिएको बताए । उनले भने, ‘ट्राफिक सचेतना पश्चात् कार्ययोजना सहित दुर्घटना न्युनिकरणमा जोड दिदै आएका छौं, ट्राफिक नियम आम नागरिकले पालना गर्नु भनेकै अनुशासनको पालना गर्नु हो त्यो नियम पालना गरेको खण्डमा राजधानीको ५०% ट्राफिक समस्या समाधान भइ दुर्घटना न्युनिकरणमा कमि आउने छ ।’
महानगरीय प्रहरी बृत्त कीर्तिपुरका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीले कीर्तिपुर नगरपालिका भित्र हुने अपराधीक कृयाकलाप रोकथाम गर्ने प्रहरीहरूलाई चुस्त रूपमा परिचालित गरेकै कारण अपराध न्युनिकरणमा कमि आएको बताए ।
कीर्तिपुर नगरपालिका नगर प्रमुख रमेश महर्जनले शान्तिपूर्ण समाज निर्माणमा नगरपालिकाको साथ र सहयोग रहने बताए । नगर प्रमुख महर्जनले समाजलाई भयरहित नगर निर्माण गरि अपराध रोकथाम र कानुनको पालना गराउन सवै नागरिकहरूको भुमिका महत्त्वपूर्ण हुने बताए ।
कार्यक्रममा दक्षिणकाली नगरपालिकाका उप प्रमुख बसन्ती डगोल लामाले जनप्रतिनिधि र नेपाल प्रहरीलेको सकृयता र सहकार्यले सव्य समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउन मद्धत पुगेको उनको भनाई छ ।








