मोरङमा बस दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते
२०७६ माघ ९ गते

फाइल फाेटाे
माघ ९, मोरङ । बिहिबार बिहान मोरङमा मे १ ख ४०९० नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
आज बिहान साढे ६ बजेको समयमा मोरङकाे धनपाल गाउँपालिकास्थित विराटनगर–रंगेली सडक खण्डमा पश्चिमतर्फ जादैँ गरेको बस हुस्सुको कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रंगोलीका अनुसार मृत्यु हुनेमा बिराटनगर–१५ बस्ने ३२ वर्षीय सानु साह रहेका छन् । मृतक सोही बसका धनी रहेको खुल्न आएको छ ।
दुर्घटनापछी गम्भिर घाइते भएका साहको उपचारको क्रममा बिराटनगरकै न्यूरो अस्पतालमा मृत्यु भएको हो भने घाइते हरुको उपचार सोही अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना भएको बस र बसका चालकलाई प्रहरीको नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।
२०७६ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित








