यौन सम्पर्क गर्दा निको हुने यी रोग

माघ २ । मानिसमा शारिरीक सम्बन्धबारे विभिन्न धारणा रहेको पाइन्छ। वैज्ञानिक दृष्टिले मानव अस्तित्वका लागि पनि नभइ नहुने शारिरीक सम्बन्धबारे प्रायले खुलेर कुरा गर्दैनन्। धेरैले यसलाई व्यक्तिगत र गोप्य मामला मान्दछन्। जेहोस व्यक्तिगत वा गोप्य जे भने पनि यसबाट टाढा रहनेहरु भने नगण्य प्राय होलान्। 

शारीरिक सम्बन्ध राख्नुका विविध फाइदा पनि रहेको छ । वैज्ञानिकहरुले यौनसम्पर्क गर्दा विभिन्न रोगको अचुक औषधि भएको बताएका छन् । वैज्ञानिकहरूले यौनसम्पर्क गर्दा टाउकोको दुखाई तुरुन्तै ठिक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । उनीहरूले सेक्सलाई टाउको दुखाईको अचूक औषधी भनेका छन् । 

  

Related image

आमरुपमा सेक्सबाट यति सुख मिल्छ कि शरीर र मनको थकान मेटाउँछ । कसैको नजिक हुनु, उसलाई छुनु, प्यारले उसको शरीरको गहिराइमा आफ्नो एकान्त शेयर गर्नुले एक अलग्गै खालको नशा दिन्छ । र यसलाई सेक्सको जादु भनिन्छ । 

यति मात्रै होइन, यसले टाउकोको दुखाई क्षणभरमै ठिक पारिदिन्छ । अनुसन्धानमा संलग्न न्यूरोलोजिस्ट्सका अनुसार सेक्स गर्दा टाउको दुखाई कम हुन्छ र कयौँपटक त पुरै ठीक हुन्छ । 

केही समय पहिले जर्मनीको यूनिभर्सिटी अफ मुनेस्टरमा न्यूरोलोजिस्ट्सको एक टिमले शोधपछि भनेको थियो टाउको दुखाई हुँदा सेक्स गर्नु औषधि खानुभन्दा कैयौँ बढी असरदार छ । शोधमा आधा सहभागीहरुले सेक्स गर्दा टाउको दुखाईमा राहत महसुस गरेको बताए । हरेक पाँच जनामध्ये एक विरामीले टाउको दुखाई सेक्स गरिसकेपछि पुरै ठिक हुने गरेको बताए । 

यो हाम्रो शरीरको प्राकृतिक पेनकिलर हो । सेक्स गर्दा शरीरमा नर्वस सिस्टममा निस्कने एण्डोरफिनका कारण टाउको दुखाई कम हुन्छ र यहाँसम्मकी पूर्ण रूपमा ठीक पनि हुन्छ । वैज्ञानिकहरूले सेक्स गर्दा टाउको दुखाईबाट राहत मिल्ने र साथै पार्टनरसँग पनि निकटता थप बढ्ने भएकाले यो विधि अपनाउन आग्रह गरेका छन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *