पुसभित्र पार्टी एकता नभए महाधिवेशनको तयारीमा जुट्छौँः अध्यक्ष थापा
२०७६ पुस २६ गते

पुस २६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन् ।
राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको तयारीमा जाने बताएका हुन् ।
अध्यक्ष थापाले भने, ‘पुसभित्र दुई पार्टीबीच एकता भयो भने भयो, नत्र हामी कुरेर बस्दैनौँ, जेठमा महाधिवेशन तोकिसकेकाले माघदेखि महाधिवेशनको तयारीमा जुट्छौं ।’

अध्यक्ष थापाले पार्टीले लिएको सिद्धान्त र विचारले पार्टी काँग्रेस कम्युनिष्टको विकल्पको रूपमा रहेको छ भने ।
कार्यक्रममा अध्यक्ष थापाले पूर्वजनमुक्ति सेनाका कमान्डर दिनेश जोशी (विक्रम) र उनकी पत्नी तारालाई राप्रपा प्रवेश गराएका थिए । रासस
२०७६ पुस २६ गते
प्रतिक्रिया
सम्बन्धित








