५० हजार दिएर हत्या, उपसभामुख भन्छिन् संसद रित्तो बनाउन राजिनामा दिन्न, पर्यटकको उपचारमा ठूला अस्पतालको मनपरी

पुस २७, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले प्रतिनिधिसभा सभामुख नियुक्तिको विषयलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । कान्तिपुर दैनिक, अन्नपूर्ण पोस्ट, राजधानी दैनिक, नयाँ पत्रिका, नागरिक दैनिक तथा गोरखापत्र र नेपाल समाचारपत्रमा उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नेकपाले राजिनामा गराएर सभामुख चयनको बाटो खोल्ने समाचार छ भने, कार्यवाहक सभामुख रहेकी तुम्बाहाम्फेले कुनैपनि हालतमा राजिनामा नदिने अडान राखिरहेको समाचार छ ।   

तुम्बाहाम्फेले राजिनामा दिन आफ्नो दोष प्रष्ट हुनुपर्ने धारणा राखेकी छिन् । तत्कालिन सभामुख कृष्णबहादुर महरा कर्मचारीलाई यौनदुब्र्यहारको आरोपमा निलम्बित छन् ।   

शनिबार नेकपाको बालुवाटारमा बसेको सचिबालयले तुम्बाहाम्फेको राजिनामा गर्न सिफारिस गरेको थियो । तर, तुम्बाहाम्फेले संविधान र कानुनले संसदको नेतृत्व रिक्त राख्न नदिने भएकोले पहिले सभामुखको निर्वाचनको प्रक्रिया शुरु गरिनुपर्ने अडान राखेकी छिन् । यो समाचार आजका पत्रपत्रिकाको प्रथम पृष्ठमा छ ।   

आजको कान्तिपुर दैनिकले ललिता निवास जग्गा प्रकरणमा मालपोत कार्यालयबाटै मुद्दा कमजोर बनाउन चलखेल भएरहेको समाचार पनि छ ।   

नयाँ पत्रिका दैनिकले भने राजधानीमा चलेका ठूला अस्पतालहरुले उपचारका नाममा विदेशी पर्यटकमाथि लूट मच्चाइरहेको समाचार कभर स्टोरीमा छ । नयाँ पत्रिकाका लागि पत्रकार अर्जुन अधिकारीले लेखेको रिपोर्ट अनुसार राजधानीका ग्राण्डी, बयोधा, नर्भिक, सिवेक, स्वाकोन, इराहेल्थ सेन्टर लगायतले विषेशज्ञ सेवा दिएको भन्दै विदेशी पर्यटकलाई चरम आर्थिक शोषण गरेका छन् ।   

काठमाडौंका निजी अस्पतालले विदेशी पर्यटकलाई उपचारका नाममा चरम आर्थिक शोषण गरिरहेका छन् । पर्यटकको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गरेको थियो । तर, अध्ययन टोलीले दिएको प्रतिवेदनमा सरकारले कुनै कारबाही गरेको छैन ।   

काठमाडौंका ६ ठूला अस्पतालको सेवा अनुगमन गर्न २५ भदौ ०७६ मा समिति गठन गरेको थियो । मन्त्रालयको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. तारा पोखरेलको संयोजकत्वमा गठन भएको समितिमा उपसचिव सानुबाबु अधिकारी, कानुन उपसचिव पुष्करराज नेपाल, वीर अस्पतालका चिकित्सक सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका कालुसिंह खत्री र औषधि व्यवस्था विभागका प्रतिनिधि पनि थिए ।   

यस्तैगरी आजको नागरिक दैनिकले धनुषाका क्रसर ब्यवसायीले नै अबैध उत्खननको विराध गर्दै आएका युवा दिलिप महतोलाई छातीमा घोपेर घाईते बनाएर टिपरले पेलेर हत्या गरिएको समाचार छ । समाचार अनुसार महतोको हत्या गर्न ५० हजार दिइएको छ । कान्तिपुरका अनुसार धनुषाका खोलाहरु रित्याउन क्रसर ब्यवसायी हदैसम्म जान थालेका छन् । उनीहरुलाई प्रशासनको समेत साथ छ ।   

यता राजधानी दैनिकले भने सरकारका मन्त्रालयहरुको चौमासिक रिपोर्ट समेत सन्तोषजनक नभएको समाचार प्राथमिकताका साथ प्रकाशित गरेको छ । अन्नपूर्ण पोस्टले जनकपुरधामका मेयरले नै रामजानकीको  जग्गा मिचाएको समाचार प्रकाशित गरेको छ ।   

हेर्नुहोस आजका पत्रपत्रिकाको प्रथम पृष्ठ   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *