पर्यटक बसले ट्रकलाई ठक्कर दिँदा दुईको मृत्यु
२०७६ माघ ३ गते

फाेटाे फाइल
माघ ३, चितवन । चितवनको रामनगरमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट आउँदै गरेको बा १ च ७८३ नम्बरको बसले सोही दिशा तर्फ आउँदै गरेको लु २ ख ३३०५ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएको प्रहरीले जनाएको छ ।
![]()
मृत्यु भएका दुबै जना बसको यात्रु हुन । उनिहरुको सनाखत भएको छैन । घाइतेहरुको भरतपुरका बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
२०७६ माघ ३ गते
प्रतिक्रिया
सम्बन्धित








