सर्वोच्च शिखर सगरमाथा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यः राष्ट्रपति

पुस १६, काठमाडौं । २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजनाको नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ भएको छ ।
बुधबार नेपाल भ्रमण वर्षको शुभारम्भ गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका सगरमाथा र लुम्बिनी संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले सर्वोच्च शिखर सगरमाथा र गौतम वुद्धको जन्मस्थल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएकी हुन् ।

भण्डारीले अब पर्यटन विकासमा योजनावद्ध विकासको खाँचो रहेको बताउदै पर्यटकीय गन्तव्यबीचको प्रतिस्पर्धाबाट पर्यटन क्षेत्रको विकास गर्न सकिने पनि धारणा राखिन् ।
उद्घाटन सत्रलाई भब्यता बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति तथा नेपाली कलाकारको सांगीतिक प्रस्तुतिसमेत गरेको थियो । उद्घाटनमा ‘नेपाल घुम्न आउ’ भन्ने सन्देश सहितको नयाँ भ्रमण वर्ष प्रवद्र्धनात्मक संगीत सार्वजनिक गरिएको छ ।
उद्घाटन कार्यक्रममा पाँच देशका पर्यटनमन्त्री सहित १८ देशबाट ३५ वटा विदेशी सञ्चारमाध्यका प्रतिनिधिलगायत सहभागी रहेको थियो ।








