मौसमः बदलि सँगै वर्षा/हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

पुस १७, काठमाडौं । नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले हाल देशभर सामान्य बदली रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।   

मौसम बदलि सँगै वर्षा/हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान शाखाले अनुरोध गरेको छ । 

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान   

Image result for वर्षा/हिमपात

पौष १७  गते (बिहिबार) 

दिउँसो: देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भू-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । 

रातीः देशभर सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको देखिन्छ । उच्च पहाडि तथा हिमालि भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना देखिन्छ ।   

पौष १८  गते (शुक्रबार) 

दिउँसो: देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भू-भागमा मध्यम देखि भारी  हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । 

रातीः देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भू-भागमा मध्यम देखि भारी  हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।   

पौष १९  गते (शुनिबार) 

दिउँसो: देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भू-भागमा हल्का देखि मध्यम  हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

रातीः देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भू-भागमा मध्यम देखि भारी  हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =