दाङमा दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु
२०७६ माघ ३ गते

फाेटाे फाइल
माघ ३, बुटवल । दाङको चिसापानीमा पश्चिमबाट आउँदै गरेको रा ५ प २२६९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालककाे मृत्यु भएको छ ।
प्रहरीका अनुसार मदिरा सेवन गरी मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना हुन पुग्दा दाडको शान्तिनगर गाउँपालिका वडा नं. ५ काशीपुरका टोपलाल केसी गम्भिर घाइते भएका थिए ।

गम्भिर घाइते भएका केसीलाई उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भईरहेको छ ।
२०७६ माघ ३ गते
प्रतिक्रिया
सम्बन्धित








