एम्स कलेजमा मिस्टर एण्ड मिस फ्रेसर हुने

माघ ४, विराटनगर । विराटनगर –९ मा अवस्थित एम्स कलेजले सदाका वर्ष झैं “अ हण्ट फर मिस्टर एण्ड मिस फ्रेसर” प्रतियोगिता गर्ने भएको छ ।
कलेजले बि।बि।एस र बि.एच.एम संकायका नव आगन्तुक विद्यार्थीहरु माझ प्रतिभाको खोजी गर्न गरिने यो प्रतियोगिता यस वर्ष पाँचौ सिजनमा रुपमा आयोजना हुँदैछ ।
विद्यार्थीमा भएको अन्तर्निहित क्षमताको प्रस्फुटन गराउने र उनिहरुको नेतृत्वको विकाश गराउन यो कार्यक्रम गरीएको आयोजकले बताए । कलेजमा स्थापित विद्यार्थी क्लबले आयोजना गर्ने यो कार्यक्रममा आयोजक विद्यार्थीहरुले समेत धेरै कुरा सिक्ने क्याम्पस प्रमुख सि.एम. बस्नेतले बताए ।

कार्यक्रममा बोल्दै बि.बि.एस। तेस्रो बर्षमा अध्ययनरत २०१८ कि मिस फ्रेसर बिजया नेपालले कलेजले आफूलाई अघि बढ्न धेरै ठूलो मौका दिएको र यस्तो अवसर कसैले गुमाउन नहुने बताईन् ।
फ्रेसर नेपालले एम्स कलेज अध्ययन गर्न थाले पछि आफुमा धेरै कुरामा फरक पाएको बताइन् ।कलेजले प्रदान गरेको वातापरणको प्रशंसा गर्दै नेपालले भनिन् “ एम्सले पाठ्यपुस्तक मात्र होइन, जीवन पढायो ।”
कार्यक्रमका विविध सेग्मेन्ट अन्तर्गत अडिसन, परिचय र इम्प्रोम्टु राउण्ड सकिएका छन् । विविध कार्यक्रममा निर्णायकका भूमिका क्रमशः अभिषेक गौतम, विजया नेपाल, रवि गुप्ता, रेश्मा राजवंशी, प्रयास के.सि. र रञ्जना बस्नेतले गरे ।
प्रतियोगितामा १४ छात्रा र २२ छात्र छन् । अब बाँकी रहेका लोजिकल राउण्ड, ट्यालेण्ट सो र वल्र्ड क्लास डिबेट मा छानिएका १० छात्रा र १० छात्र फाइनलमा पुग्नेछन् । विजेता फ्रेसरलाई ६०,००० पुरस्कार दिइने कुरा प्रमुख बस्नेतले बताए ।








