काठमाडौंमा ‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलन हुँदै

माघ ७, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले ‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।   

देशभरीका निजी तथा आवासीय विद्यालयहरुको छाता संस्था निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) आयोजना र सीटीएफ नेपालको सहआयोजनामा माघ ९ र १० गते होटल हयात रिजेन्सीमा उक्त सम्मलन आयोजना हुन लागेको हो ।   

कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्नेछन् माघ ९ गते बिहान १० बजे गर्ने कार्यक्रमलाई शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले सम्बोधन गर्नेछन् ।   

सम्मेलनमा देश र देशबाहिरका सहित विज्ञबाट शिक्षा क्षेत्रमा लागेका प्रधानाध्यापक, अध्यापक तथा नेतृत्वमा रहेका व्यवस्थापकलाई प्राज्ञिक तथा व्यवस्थापकीय उन्नयका सत्र सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष टिकाराम पुरीले जानकारी दिए ।   

सरकारी निकायका प्रतिनिधिहरु, विश्वविद्यालयका प्राध्यापक, अध्येता, अनुसन्धानकर्ता, निजी स्कुलका प्रिन्सिपल, सञ्चालक, को–अर्डिनेटर, शिक्षक, सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षा नितीमा काम गर्ने अन्य विद्वत वर्गहरु लगायतको उपस्थिती रहने उक्त सम्मेलनमा देश–विदेशका विभिन्न विज्ञहले आफ्नो प्रस्तुतीहरु दिनेछन् ।   

एनप्याब्सन, हिसान र शिक्षा पत्रकारहरुबाट पनि प्रतिनिधिमुलक सहभागिता रहने छ ।   

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको प्याब्सनले जनाएको छ । सो सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वय र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनको प्राविधि सहयोग रहेने छ । कार्यक्रमको सम्पूर्ण खर्च सहभागीहरुले तिर्ने सहभागिता शुल्कबाट बेहोरिने छ ।   

त्यस्तै कार्यक्रममा स्वामी आनन्द अरुणले आध्यत्यमिक मूल्यमान्यता, प्रा.डा. बालचन्द्र लुईटेलले स्टिम एजुकेशन, डा. सुशिल कँडेलले विद्यालयमा मनोविज्ञान, मेदिन लामिछाने, डा. विष्णु कार्की, हेमन्त दाहाल, डा. वारवारा वटरअर्थ, डा. राजेश टायल, सुशिल उप्रेती, डा. टम रवरटसन, डा. लक्ष्मण ज्ञवाली, डा. हरी लम्साल, पवित्रा लिम्बु र नरबहादुर कार्की लगायतका विद्वानहरुको विषयगत प्रस्तुतीहरु रहनेछ ।   

कार्यक्रमले नेपालको विद्यालय शिक्षाको क्षेत्रमा गुणस्तर र व्यवस्थापनमा नयाँ बहस सुरु गर्ने अपेक्षा गरिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + five =