कांग्रेस भित्रको चर्कंदो विवाद, सुचना प्रविधि विधेयक संविधान र शक्ति पृथकीकरण विपरित, अब गुप्तचरले जो सुकैको फोन रेकर्ड गर्न, इमेल, एसएमएस हेर्न सक्ने

पुस २२, काठमाडौं । आज प्रकाशित पत्रपत्रिकाहरुले नेपाली कांग्रेस भित्रको किचलो देखि, सुचना प्रविधि विधेयक र इरान अमेरिका तनावले इरानमा रहेका नेपालीलाई निम्त्याएको संकटका विषयमा समाचार प्रकाशित गरेका छन् ।   

आज राजधानीबाट प्रकाशित कान्तिपुर दैनिकले सुचना प्रविधि विधेयक बारे संविधानविद्हरुले दिएको रायलाई मुख्य विषय बनाएको छ । संसदमा चलिरहेको विधेयक संविधान र शक्ति पृथकीकरण विपरित भएको संविधान विद्हरुले राय दिएका छन् ।   

आजको अन्नपूर्ण दैनिकले भने नेपाली कांग्रेस भित्र देखिएको रडाँकोलाई मुख्य विषय बनाएको छ । अन्नपूर्णका अनुसार रामचन्द्र पौडेल पक्षले बोलाएको जिल्ला सभापतिहरुको भेलामा पार्टी सभापति शेर बहादुर देउवाको चर्को विरोध गर्दै निर्णय नमान्ने बताएका छन् । कांग्रेसका जिल्ला सभापतिहरुले महासमिति बैठकका सुझावविपरीत पार्टी केन्द्रीय समितिले बहुमतबाट गरेका निर्णयहरु आफूहरु मान्न बाध्य नभएको चेतावनी दिएका छन् । 

अघिल्लो वर्ष मंसिर २९ देखि पुस ९ सम्म चलेको महासमिति बैठकले गरेका निर्णय र पार्टी केन्द्रीय समितिले पारित गरेको विधानविपरीत एकपछि अर्को गरी विधान मिच्ने काम भएको भन्दै जिल्ला सभापतिहरुले आपत्ति जनाएका छन् । 

नागरिक दैनिकले भने सरकारले सामाजिक सञ्जाल प्रयोगमा ल्याएको नयाँ कानुनका विषयमा मुख्य समाचार प्रकाशित गरेको छ । सरकार सामाजिक सञ्जाल प्रयोगकर्ता माथि कठोर बन्दै गइरहेको छ । अब सामाजिक सञ्जालको दुरुपयोग गरे जन्मकैद सम्मको सजाय हुन सक्छ । इन्टरनेट सेवा प्रदायकमाथि पनि सरकार कठोर बनेको छ । नागरिक दैनिकले आजको अग्रपृष्ठमा लाहानको सप्लऋषी अस्पतालले विरामीमाथि गरेको लापरवाहीको समाचार पनि छ । समाचारका अनुसार एक रातमै तीन शिशुको मृत्यु भएको छ ।   

नयाँ पत्रिकाले भने, सुचना प्रविधि विधेयकको कठोरतालाई प्रस्तुत गरेको छ । अब नेपालको गुप्तचरले जोसुकैको फोन रेकर्ड गर्न र इमेल एसएमएस पढ्न सक्छ । यो कानुन संसदमा गएको छ । अब सरकारले सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारलाई आलोचना गरे गाली बेइज्यती गरेको ठान्न सक्छ ।  नयाँ पत्रिकाले मेडिकल विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको विरगंज स्थित नेशनल मेडिकल कलेजले पुनः १६ लाख अतिरिक्त शुल्क माग गरेको समाचार प्रकाशित गरेको छ ।   

हेर्नुहोस आजका पत्रपत्रिकाका प्रथम पृष्ठ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *